फ्रेन्च लिग-१
फ्रेन्च लिग-१ मा पीएसजीको सुखद सुरुआत
सोमबार, ०२ भदौ २०८२, ०३ : ०५
सारांश
- पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले लिग-१ को नयाँ सिजनको पहिलो खेलमा नान्तेसविरुद्ध १-० को जित हासिल गर्यो।
- खेलको ६७औँ मिनेटमा विटिन्हाको गोल निर्णायक बन्दा पीएसजीले अग्रता लियो र जित सुनिश्चित गर्यो।
- पीएसजीले लिग-१ मा सुखद सुरुवात गरेको छ, र यो उसको लागि १३औं उपाधि यात्रा हो।
काठमाडौँ । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले लिग-१ को नयाँ सिजन विजयी सुरुवातसँगै गरेको छ। नेपाली समयअनुसार सोमबार बिहान नान्तेसविरुद्धको पहिलो खेलमा पिएसजीले १-० को जीत हात पारेको हो।
खेलको पहिलो हाफमा बलमा नियन्त्रण राखे पनि गोल गर्न नसकेको पिएसजीले दोस्रो हाफको ६७औँ मिनेटमा विटिन्हाको गोलमार्फत अग्रता लियो। त्यही गोल अन्तिममा निर्णायक बन्यो र टोलीले तीन अङ्क सुरक्षित गर्न सफल भयो ।
योसँगै ८८औँ संस्करणको लिग-१ सुरुवात पिएसजीका लागि सुखद बनेको छ । हालसम्म पीएसजीले १३ पटक उपाधि जितिसकेको छ भने नान्तेसले ८ पटक च्याम्पियन बनेको छ। नान्तेसको अन्तिम उपाधि सन् २०००-०१ मा आएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण