ला लिगा
एट्लेटिको म्याड्रिडको खराब सुरुवात, एस्पान्योलसँग २-१ ले पराजित
सोमबार, ०२ भदौ २०८२, ०३ : ४०
सारांश
- ला लिगा २०२५/२६ सिजनको पहिलो खेलमा एट्लेटिको म्याड्रिडलाई एस्पान्योलले २-१ ले पराजित गर्यो।
- एट्लेटिको म्याड्रिडका लागि जुलियन अल्भारेजले फ्रिकिकमार्फत गोल गरे, तर एस्पान्योलले पुनरागमन गर्दै जित हासिल गर्यो।
- खेलको अन्तिम मिनेटमा पेरे मिलाले गोल गरेपछि एस्पान्योलले २-१ को जित निकाल्यो, जसमा मिगेल रुबियोको पनि गोल थियो।
काठमाडौँ। ला लिगा २०२५/२६ सिजनको पहिलो खेलमा एट्लेटिको म्याड्रिडलाई एस्पान्योलविरुद्ध २–१ ले पराजित भएको छ। पहिलो हाफको ३७ औँ मिनेटमा जुलियन अल्भारेजले सुन्दर फ्रिकिकबाट गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा टोलीले अग्रता कायम राख्न नसक्दा एस्पान्योल शानदार ‘कमब्याक’ गर्दै २–१ ले जित हात पार्यो ।
खेलको अन्तिम १५ मिनेटमा घरेलु टोली एस्पान्योलले मिगेल रुबियोको गोलमार्फत बराबरी गर्न सफल भएको थियो । अन्तिम पाँच मिनेटमा पेरे मिलाले हेडिङमार्फत निर्णायक गोल गर्दै आफ्नो टोलीलाई २–१ को जित दिलाउन सफल भए ।
हारसँगै डिएगो सिमियोनेको एट्लेटिको म्याड्रिडले सुरुआतमै तीन अङ्क गुमाएको छ भने एस्पान्योलले घरमै शानदार सुरुआत गर्दै पहिलो खेलमा महत्त्वपूर्ण जीत हासिल गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण