पुरातत्वविद्हरूले प्राचीन मानव पुर्खाको नयाँ प्रजाति फेला पारेको संकेत
सारांश
- इथियोपियामा फेला परेका जीवाश्म दाँतले २६-२८ लाख वर्षअघि दुई फरक होमिनिन प्रजाति एउटै क्षेत्रमा बसेको प्रमाण दिएको छ।
- २०१८-२०२० मा भेटिएका दाँत अस्ट्रेलोपिथेकस र २०१५ मा भेटिएका दाँत होमो वंशसँग सम्बन्धित रहेको पाइएको छ।
- अनुसन्धानले मानव विकासको जटिलता र 'झाडी जस्तो रूख' को अवधारणालाई उजागर गरेको छ।
इथियोपिया । इथियोपियाको उत्तर–पूर्वी क्षेत्रमा दशकौँ लामो उत्खननपछि फेला परेका जीवाश्म दाँतहरूले करिब २६ देखि २८ लाख वर्षअघि एउटै क्षेत्रमा दुई फरक प्रकारका होमिनिन (मानवका पुर्खा) बसोबास गरेको प्रमाण देखाएका छन् । यीमध्ये एक प्रजाति अहिलेसम्म अज्ञात रहेको अनुमान गरिएको छ।
सन् २०१८ देखि २०२० को बिचमा फेला परेका १० दाँत अस्ट्रेलोपिथेकस (Australopithecus) नामक प्रजातिसँग सम्बन्धित छन् भने २०१५ मा भेटिएका तीन दाँत होमो (Homo) वंशसँग मेल खाने बताइएको छ। होमो वंशमा आधुनिक मानव (होमो सेपियन्स) पर्छन्। अनुसन्धानको नतिजा हालै नेचर जर्नलमा प्रकाशित भएको हो।
वैज्ञानिकहरूलाई अचम्ममा पारेको कुरा भनेको एउटै समयमा यी दुई प्रजातिको सहअस्तित्व हो। यसअघि वैज्ञानिकहरू होमो प्रजाति अस्ट्रेलोपिथेकस पछि मात्र देखा परेको ठान्थे। अस्ट्रेलोपिथेकस दुई खुट्टामा हिँड्न सक्थ्यो तर यसको मस्तिष्क आकारमा सानो थियो, भने होमो वंशका सदस्यहरूमा अपेक्षाकृत ठुलो मस्तिष्क पाइएको छ।
यस खोजले मानव विकासको जटिलतामा नयाँ दृष्टिकोण थपेको छ। अनुसन्धानकी सह–लेखिका तथा एरिजोना स्टेट युनिभर्सिटीकी प्राध्यापक के रेन्डले भनेकी छिन्, ‘मानव विकासलाई धेरैजसोले एउटा बाँदरदेखि नियान्दरथल हुँदै आधुनिक मानवसम्मको सिधा रेखा भनेर बुझ्छन्। तर वास्तविकता त्यस्तो होइन। यो खोजले देखाउँछ कि मानव विकास एक किसिमको ‘झाडी जस्तो रूख’ हो, जहाँ धेरै जीवन रूपहरू देखापरे र कतिपय विलुप्त भए।’
यसरी इथियोपियामा भेटिएका दाँतहरूले मानव विकासक्रम अझै जटिल र बहुआयामिक रहेको प्रमाणित गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण