विपिन जोशीको शीघ्र रिहाइ हाम्रो प्राथमिकता : प्रधानमन्त्री ओली
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि पहल गरिरहेका छन्।
- विपिनकी आमा र बहिनीले इजरायलका राष्ट्रपति र संसद् अध्यक्षलाई भेटेर रिहाइको आग्रह गरेका छन्।
- प्रधानमन्त्रीले टर्की र इजिप्टका राष्ट्रपतिहरूसँग पनि विपिनको मुक्तिको लागि कुरा गरिसकेका छन्।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको शीघ्र रिहाइका लागि सरकारले उच्च प्राथमिकताका साथ पहल गरिरहेको बताएका छन्।
उनका अनुसार, इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले हालै इजरायलका राष्ट्रपति आइज्याक हेर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेट गरी विपिनको रिहाइका लागि आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले यसअघि पनि मध्यपूर्व शान्तिका लागि सक्रिय टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते फोन संवाद गरी विपिनको मुक्तिबारे ध्यानाकर्षण गराइसकेको स्मरण गराए।
उनले भने, ‘सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै सबै सम्भावित पहलमा जुटिरहेको छ। परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ।’
प्रधानमन्त्री ओलीले विपिनको मुक्तिका लागि सहयोग गरिरहेका नेपाली तथा स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्। उनले थपे, ‘विपिनका परिवारसँग सरकार छ, सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न कुनै कसर बाँकी रहने छैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण