चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक
सारांश
- चलचित्र 'हरिबहादुरको जुत्ता' को पहिलो गीत 'बेला बितेसी' सार्वजनिक भएको छ।
- गीतमा प्रकाश सपुत र स्वस्तिमा खड्काको प्रेम देख्न सकिन्छ, जसमा प्रकाश सपुतको शब्द संगीत रहेको छ।
- दीपेन्द्र के खनाल निर्देशित चलचित्र दसैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउँदैछ।
काठमाडौँ । चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक भएको छ। प्रकाश सपुत र समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘बेला बितेसी’ सार्वजनिक भएको हो।
गीतमा प्रकाश सपुतको शब्द संगीत छ । गायक तथा सर्जक सपुतले आफ्नो मौलिकपनको आभाष गीत मार्फत गराएका छन्। मौसम हिमालीको कोरियोग्राफी रहेको गीतमा चलचित्रका मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर रहेका छन्।
रोमान्टिक शैलीमा निर्माण गरिएको गीतको भिडियोमा प्रकाश र स्वस्तिमाको प्रेम देख्न सकिन्छ। गीतको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका छन् । यसअगाडि सार्वजनिक चलचित्रका पोस्टरले दर्शकको ध्यान खिचिरहेको छ। गीतले दर्शकको मन जित्ने देखिन्छ।
दीपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र दसैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउँदैछ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन् । कृष्णबहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन् ।
वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण