लोसपाले बोलायो सचिवालय बैठक
मङ्गलबार, ०३ भदौ २०८२, १४ : २२
सारांश
- लोसपा नेपालले समसामयिक राजनीतिक अवस्था र महाधिवेशनबारे छलफल गर्न सचिवालय बैठक बोलायो।
- पार्टीले साउन मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरे पनि तोकिएको समयमा गर्न सकेन।
- सचिवालय बैठकमा महाधिवेशनको मिति र तयारीबारे छलफल हुनेछ।
काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले सचिवालय बैठक बोलाएको छ ।
देशको समसामयिक राजनीतिक अवस्था तथा पार्टीको महाधिवेशनको विषयमा छलफलका लागि सचिवालयको बैठक बोलाइएको महासचिव डा. सुरेन्द्र झाले बताए ।
साउन मसान्तभित्र पार्टीको महाधिवेशन गर्ने निर्णय भएको थियो । तर सो पार्टीले तोकिएको समयमा महाधिवेशन गर्न सकेको छैन ।
सचिवालयको बैठकमा महाधिवेशनको मितिको बारेमा पनि छलफल हुने उनले बताए । तयारी नपुगेको कारण तोकिएको समयमा महाधिवेशन गर्न नसकिएको बताउँदै महासचिव झाले आजको बैठकले महाधिवेशनको बारेमा थप निर्णय गर्ने बताए ।
यसअघि तीन पटक पार्टीको महाधिवेशन गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण