एसिया कपका लागि भारतीय टोली घोषणा : सूर्यकुमार कप्तान, गिल उपकप्तान
मङ्गलबार, ०३ भदौ २०८२, १५ : ३६
सारांश
- भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले एसिया कपका लागि भारतको टोलीको घोषणा गर्यो।
- सूर्यकुमार यादवलाई कप्तान र शुभमन गिललाई उपकप्तान बनाइएको छ।
- एसिया कप सेप्टेम्बर ९ मा सुरु हुने र फाइनल खेल सेप्टेम्बर २८ मा हुनेछ।
काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले एसिया कपका लागि भारतको टोलीको घोषणा गरेको छ। टोलीमा सूर्यकुमार यादवलाई कप्तान र शुभमन गिललाई उपकप्तान बनाइएको छ।
जसप्रीत बुमराहले तीव्र बलिङ आक्रमणको नेतृत्व गर्नेछन् भने जितेश शर्मा र सञ्जु स्यामसन विकेटकिपर हुनेछन्।
टोलीमा ब्याटिङ र अलराउन्ड विकल्पहरूको ख्याल राखिएको छ। स्पिनमा कुलदीप यादव र वरुण चक्रवर्ती छन् भने फास्ट बलिङमा बुमराहसँगै अर्शदीप सिंह र हर्षित राणा छन्।
भारतको आयोजनामा संयुक्त अरब इमिरेट्स (युएई) मा एसिया कप आयोजना हुँदैछ। प्रतियोगिता सेप्टेम्बर ९ मा सुरु हुनेछ भने फाइनल खेल सेप्टेम्बर २८ मा हुनेछ।
यस्तो छ टोली
- सूर्यकुमार यादव (कप्तान)
- शुभमन गिल (उप-कप्तान)
- अभिषेक शर्मा
- तिलक वर्मा
- हार्दिक पाण्डे
- शिवम दुबे
- अक्षर पटेल
- जितेश शर्मा (विकेटकिपर)
- जसप्रीत बुमराह
- अर्शदीप सिंह
- वरुण चक्रवर्ती
- कुलदीप यादव
- सञ्जु स्यामसन (विकेटकिपर)
- हर्षित राणा
- रिंकु सिंह
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण