कलेजका विद्यार्थीलाई लुट्ने र स्कुटर चोर्ने समूह काठमाडौँबाट पक्राउ
सारांश
- लैनचौरस्थित निस्ट कलेजका एक विद्यार्थी अपहरणमा परे, र उनको मोबाइल लगायतका सामान लुटियो।
- प्रहरीले विद्यार्थी लुट्ने र स्कुटर चोरी गर्ने समूहलाई काठमाडौँ र काभ्रेस्थलीबाट पक्राउ गर्यो।
- पक्राउ पर्नेमा रामेछाप, काभ्रे, नुवाकोट, सुनसरी, स्याङ्जा र मकवानपुरका व्यक्तिहरू छन्, र उनीहरूले स्कुटर चोरी गरी लुटपाट गर्थे।
काठमाडौँ । पाँच दिनअघि लैनचौरस्थित निस्ट कलेजमा पढ्ने एक जना विद्यार्थी अपहरणमा परे । अपरिचित व्यक्तिहरूले उनलाई स्कुटरमा राखेर एकान्तमा लगे । उनीसँग भएको मोबाइल सहितका सामान लुटपाट गरे अनि, उनलाई छाडिदिए ।
त्यसबारे अनुसन्धान गर्दै जाँदा प्रहरीले विद्यार्थीलाई लुट्ने र स्कुटर चारी गर्ने समूहलाई पक्राउ गरेको छ । मंगलबार काठमाडौँको मितेरी पुलबाट दुई जना र काभ्रेस्थलीबाट चार जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रामेछापको रस्नालु घर भएर ग्राण्डी बस्ने २० वर्षीय प्रकाश तामाङ, काभ्रे घर भएका २२ वर्षीय मिलन तामाङ छन् । उनीहरूलाई मितेरी पुल नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
त्यस्तै नुवाकोटको लिखु घर भएका २५ वर्षीय संग्राम राई, सुनसरी घर भएका २१ वर्षीय दिपेश लिम्बु, स्याङ्जा घर भएका १६ वर्षीय साहिल क्षेत्री, मकवानपुर घर भएर टोखा बस्ने २७ वर्षीय शम्भु माझीलाई प्रहरीले काभ्रेस्थलीबाट पक्राउ गरेको छ ।
प्रहरी प्रभाग गोङ्गबुका इन्स्पेक्टर शरणविक्रम शाह र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरेको हो । स्कुटर चोर्ने र त्यहाँ स्कुटर प्रयोग गरेर उनीहरूले लुटपाट धन्दा चलाउने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
मकवानपुरको बागमती घर भएर टोखा नगरपालिका–८ बस्ने शम्भु माझीको साथबाट प्रहरीले चोरीको स्कुटर बरामद गरेको छ । माझीले सो स्कुटर आफूले अरूसँग खरिद गरेको बयान दिएका छन् ।
आरोपीहरूको साथबाट प्रहरीले दुई वटा चोरीको स्कुटर पनि बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण