भिसा ठगीका कारण सबै आवेदकमाथि थप कडाइ हुने: अमेरिकी दूतावास
बिहीबार, ०५ भदौ २०८२, ०५ : ४५
सारांश
- अमेरिकी दूतावासले भिसा ठगी गर्नेहरूबाट सचेत रहन आग्रह गरेको छ।
- ठगीका कारण भिसा आवेदकहरूमाथि थप कडाइका साथ जाँच हुने दूतावासले जनाएको छ।
- दूतावासले भिसासम्बन्धी ठगीको जानकारी भएमा रिपोर्ट गर्न अनुरोध गरेको छ।
काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी ठगी गर्ने व्यक्तिहरूले सबै आवेदकमाथि अतिरिक्त प्रभाव पार्ने भन्दै सचेत गराएको छ।
दूतावासले एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । ‘केही व्यक्तिहरूको ठगीका कारण सबै भिसा आवेदकमाथि थप कडाइका साथ जाँच हुने अवस्था सिर्जना हुन्छ। हामी कडा छानबिनमार्फत अमेरिकी भिसा प्रणालीलाई सुरक्षित राख्छौँ र हाम्रा अधिकारीहरूले ठगलाई अत्यन्त गम्भीरतापूर्वक लिन्छन्’, जारी सूचनामा भनिएको छ ।
दूतावासले यदि कसैलाई भिसासम्बन्धी ठगीबारे जानकारी भएमा तुरुन्तै रिपोर्ट गर्न पनि अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण