बौद्ध धर्मावलम्बीले आज पञ्चराँ पर्व मनाइँदै
सारांश
- आज भक्तपुरमा बौद्ध धर्मावलम्बीहरूले दीपङ्कर बुद्धको पूजाअर्चना गर्दै पञ्चराँ (पञ्चदान) पर्व मनाए।
- भक्तपुरका विभिन्न विहारका दीपङ्कर बुद्धका प्रतिमालाई नगर परिक्रमा गराइयो, जसमा बाजागाजा र स्तोत्रपाठ प्रस्तुत गरियो।
- पछिल्ला दशकहरूमा, यो पर्व बौद्ध धर्मावलम्बीहरूका साथै नेवार समुदायले पनि मनाउँदै आएका छन्।
भक्तपुर । आज भाद्र कृष्ण त्रयोदशी दीपङ्कर बुद्धको पूजाअर्चना गरेर बौद्ध धर्मावलम्बीहरु पञ्चराँ (पञ्चदान) पर्व मनाउँदै छन् ।
आज दीपङ्कर भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौंको मूल दीपङ्कर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपङ्कर बुद्ध, मङ्गलधर्म दीप महाविहार झौरवहीको दीपङ्कर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपङ्कर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपङ्कर बुद्धलाई भक्तपुर वडा नं ९ सूर्यमढीस्थित डबलीमा राखेर पूजा गर्ने प्रचलन छ ।
सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी द्वारा पञ्चदान प्रारम्भ गरेपछि पाँच दीपङ्कर बुद्धका प्रतिमालाई बाजागाजा तथा स्तोत्रपाठका साथ नगर परिक्रमा गराइन्छ ।
केही दशकयता भक्तपुरमा यो पर्व बौद्ध धर्मावलम्बीबाहेकका नेवार समुदायले पनि मनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण