एभरेस्ट हस्पिटलले दोरम्बाका बिरामीलाई ३७ प्रतिशतसम्म छुट दिने
सारांश
- नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालले रामेछापको दोरम्बाका स्थानीयलाई उपचारमा ३७ प्रतिशतसम्म छुट दिने सम्झौता गरेको छ।
- सम्झौता नेकपा (माओवादी) दोरम्बा शैलुङ काठमाडौँ सम्पर्क समिति र अस्पताल व्यवस्थापनबीच भएको हो।
- छुट सुविधाका लागि दोरम्बा शैलुङ गाउँपालिकाको स्थायी ठेगाना र सिफारिस आवश्यक पर्नेछ।
काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा सञ्चालित एभरेस्ट हस्पिटलमा उपचार गर्दा रामेछापको दोरम्बाका स्थानीयलाई भारी छुट दिने सम्झौता भएको छ । हस्पिटल व्यवस्थापन र नेकपा (माओवादी) दोरम्बा शैलुङ काठमाडौँ सम्पर्क समिति बिचमा ३७ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।
संझौतापत्रमा सम्पर्क समितिका अध्यक्ष होमबहादुर नगरकोटी, सचिव सुशील चौलागाईं र अस्पतालको प्रशासकीय प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार दोरम्बा शैलुङ गाउँपालिकामा स्थायी बसोबास गर्नेहरूलाई ३७ प्रतिशत छुटमा उपचार सुविधा दिइने अस्पतालका प्रशासकीय प्रमुख दीपक चन्द्र बरालले बताए ।
बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको सम्पर्क समितिका सचिव सुशील चौलागाईंले बताए । उनले भने, ‘इनहाउस, ओटी, फार्मेसी र रिफर लगायतका शीषर्कमा ३७ प्रतिशतसम्म छुटको व्यवस्था गर्नेगरी सम्झौता भएको छ ।’
छुट सुविधा पाउन बिरामीहरूलाई सो गाउँपालिका स्थायी ठेगाना खुल्ने नागरिकता र सम्पर्क समितिको सिफारिस आवश्यक पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण