काठमाडौँ महानगरको कडाइ: १० लाखभन्दा माथिका आयोजनाको प्रगति विवरण अनिवार्य
सारांश
- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा १० लाखभन्दा बढीका आयोजनाको प्रगति विवरण बुझाउन निर्देशन दिएको छ।
- महानगरको योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले परिपत्र जारी गर्दै मातहतका सबैलाई निर्देशन दिएको हो।
- यो निर्णय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकको निर्णय अनुसार कार्यान्वयनमा ल्याइएको हो।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालित १० लाख रुपैयाँभन्दा बढी लागतका सबै आयोजनाहरूको प्रगति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ ।
महानगरको योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले परिपत्र जारी गर्दै मातहतका सबै विभाग, एकाइ, सचिवालय, आयोजना, कार्यक्रम र वडा कार्यालयहरूलाई यस्तो निर्देशन दिएको हो ।
एकाइ प्रमुख सुमित्रा लामिछाने सुवेदीले जारी गरेको पत्र अनुसार चालु आर्थिक वर्ष २०८२–०८३ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनका क्रममा रहेका ठुला आयोजनाहरूको अनुगमनलाई प्रभावकारी बनाउन यस्तो निर्णय लिइएको उल्लेख छ ।
‘स्वीकृत बजेटअनुसार १० लाख रुपैयाँभन्दा बढी लागत अनुमान भएका आयोजना/कार्यक्रमको खरिद सम्झौता गरी जारी हुने कार्यादेशको बोधार्थ र त्रैमासिक रूपमा तयार हुने प्रगति विवरण यस एकाइमा पठाउनुहुन अनुरोध छ,’ परिपत्रमा भनिएको छ ।
यो निर्णय महानगरको ‘अनुगमन तथा मूल्याङ्कन समिति’को गत साउन २९ गते बसेको बैठकको निर्णयानुसार कार्यान्वयनमा ल्याइएको हो । यो निर्देशनसँगै अब सबै सम्बन्धित निकायले आफ्ना ठुला आयोजनाहरूको भौतिक तथा वित्तीय प्रगति नियमित रूपमा मूल्याङ्कन एकाइलाई बुझाउनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण