लिपुलेक विवाद : नेपाल सरकारले उदासीन कूटनीति अपनायो
सारांश
- नेकपा (माले) ले लिपुलेक क्षेत्रमा भारत र चीनबीचको सम्झौताले भू-अखण्डतामाथि प्रश्न उठाएको जनाएको छ।
- चीनका विदेशमन्त्रीको भ्रमणमा लिपुलेक मार्ग हुँदै सीमा व्यापार खोल्ने सहमति भएपछि नेपाल सरकारको कूटनीतिप्रति आलोचना गरिएको छ।
- नेकपा (माले) ले भारतले गरेको अतिक्रमण अन्त्य गर्न र चीनलाई गलत नक्सा सच्याउन माग गरेको छ।
काठमाडौँ । नेपालको पश्चिमोत्तर सीमाक्षेत्र लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्रमा भारत र चीनले नेपालसँग परामर्शबिनै गरेको ताजा सम्झौतापछि भू–अखण्डता र सम्प्रभुतामाथि गम्भीर प्रश्न उठेको नेकपा (माले) ले जनाएको छ ।
चीनका विदेशमन्त्री वाङ यीको हालैको नयाँ दिल्ली भ्रमणका क्रममा भदौ ३ गते भारत–चीनबिच लिपुलेक मार्ग हुँदै पुनः सीमा व्यापार खोल्ने सहमति भएको हो । यसअघि पनि २०१५ मा यस्तै सम्झौता भएपछि नेपालले कडा विरोध गरेको थियो ।
नेकपा (माले) का महासचिव सीपी मैनालीले आज जारी गरेको विज्ञप्तिमा नेपालको जायज पक्षप्रति भारत र चीन दुवै संवेदनशील नबनेको र नेपाल सरकारले समेत उदासीन कूटनीति अपनाएको आरोप लगाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको घातक कमजोरीका कारण ठुला छिमेकीले सानो मुलुकका जायज माग र सम्प्रभुतामाथि उपेक्षा गर्दै आफूखुसी गर्ने वातावरण सिर्जना भएको छ ।’
विज्ञप्तिमा सुगौली सन्धिअनुसार काली नदीको मुहान लिम्पियाधुरादेखि पूर्वको भूभाग नेपालको भएकाले भारतले गरेको अतिक्रमण तत्काल अन्त्य हुनुपर्ने र चीनले समेत गलत नक्सा सच्याउनुपर्ने माग गरिएको छ ।
मैनालीले लिपुलेक विवाद समाधानका लागि नेपाल, भारत र चीनबिच साझा त्रिदेशीय बिन्दु तत्काल निश्चित गर्नुपर्नेमा जोड दिँदै प्रभावकारी कूटनीतिक पहल र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्ष सशक्त रूपमा प्रस्तुत गर्न सरकारलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण