प्रदेश, पालिका र सङ्घीय सांसदको सङ्ख्या बढी भयो, यसबारे सोचौँ: श्याम घिमिरे
सारांश
- नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रदेश, पालिका र संघीय सांसदको संख्या धेरै भएको बताए।
- उनले संविधान संशोधन गर्न सकिने र सरकारले यसलाई सहमतिको दस्तावेजमा राखेको बताए, तर यो कठिन विषय हो।
- घिमिरेले राज्यको आर्थिक अवस्थाले अहिलेका संरचना धान्न गाह्रो भएको र संविधानको पूर्ण कार्यान्वयन हुन नसकेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रदेश, पालिका, सङ्घीय सांसदको सङ्ख्या बढी भएको बताएका छन् । काठमाडौँमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशहरूको सङ्ख्या, पालिकाको सङ्ख्या र सङ्घीय सांसदहरूको सङ्ख्या बढी भएकाले यसबारेमा विचार गर्न जरुरी रहेको बताए ।
संविधान संशोधन गर्न सकिने भएकाले त्यसमा चिन्ता लिन नपर्ने उनको भनाइ छ । उनले वर्तमान सरकारले संविधान संशोधनको एजेन्डालाई आफ्नो सहमतिको दस्ताबेजमा राखेको तर कठिन विषय रहेको पनि बताए ।
एक वर्षमा कुन विषयमा संशोधन गर्ने भन्ने कुरा पनि तय गर्न नसकिएको उनको भनाइ छ । राज्यको शासकीय स्वरूप, निर्वाचन प्रणाली जस्ता विषयलाई छुँदै नछुने हो भने अन्य विषयमा संशोधन गर्न त्यत्ति गाह्रो नपर्ने तर अर्थ नराख्ने स्पष्ट पारे । राज्यको आर्थिक अवस्थाले अहिलेका संरचनाहरू धान्न कठिन भएको उनले बताए ।
प्रमुख सचेतक घिमिरेले संविधानको पूर्ण कार्यान्वयन गर्न नसकिएको बताए । संविधान निर्माण गर्ने बेलामा हौसिएका कारण कतिपय प्रावधान कार्यान्वयनमा ल्याउन व्यवहारिक कठिनाइ भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण