संसद् बैठक
करका दर हेरफेर गरिएको भन्दै माओवादीद्वारा सरकारसँग जवाफ माग
शुक्रबार, ०६ भदौ २०८२, १९ : ४५
सारांश
- माओवादी केन्द्रले करको दर हेरफेरबारे सरकारको जवाफ माग गरेको छ।
- पूर्वअर्थमन्त्री वर्षमान पुनले पहिलो चौमासिकमै करका दर हेरफेर हुनुको कारण मागे।
- सांसद पुनले सुन र गरगहनामा विलासिता शुल्क हटाएको तथा अन्य वस्तुमा अन्तःशुल्क घटाइएको बताए।
काठमाडौँ । प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले करका दर हेरफेर गरिएको भन्दै सरकारको जवाफ माग गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पूर्वअर्थमन्त्री रहेका सांसद वर्षमान पुनले पहिलो चौमासिक मै करका दर हेरफेर गर्ने के कारण आइलाग्यो भन्दै सरकारको जवाफ माग गरेका हुन् ।
पुनले सरकारका तर्फबाट अर्थमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए । उनले सदन चलिरहेको बेलामा पहिलो चौमासिकमै सदनलाई जानकारीबिनै करका दर हेरफेर गर्नु अन्तर्राष्ट्रिय करको सिद्धान्त विपरीत भएको भएको बताए ।
पूर्वअर्थमन्त्री पुनका अनुसार सरकारले सुन तथा सुनका गरगहनामा लगाएको २ प्रतिशत विलासिता शुल्क हटाएको छ । काटी, किसमिस, ग्रेप जुसलगायतमा अन्तःशुल्क ३५ प्रतिशत घटाइएको छ । औषधि र प्याकेजिङमा प्रयोग हुने बोटलमा लगाइएको १५ प्रतिशत अन्तःशुल्क घटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण