लिपुलेक विवाद सरकारले कूटनीतिक पहलको माध्यमबाट समाधान गरोस् : सांसद खतिवडा
सारांश
- सांसद रामहरि खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भएको व्यापार सम्झौताप्रति सरकारको ध्यानाकर्षण गराए।
- उनले प्रधानमन्त्रीको चीन र भारत भ्रमणमा यो विषय उठाउन र समस्या समाधान गर्न आग्रह गरे।
- खतिवडाले सीमा विवादमा राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्ने बताए, र तिब्बती बाढीबारे समन्वयको कुरा गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबिच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै खतिवडाले प्रधानमन्त्रीको आसन्न चीन र भारत भ्रमणका अवसरमा यस विषयलाई उच्चस्तरमा उठाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले सीमा विवादजस्ता संवेदनशील मुद्दामा दल, जात वा समूहभन्दा माथि उठी राष्ट्रिय स्वाभिमान र एकताका लागि सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । प्रधानमन्त्रीको आसन्न भ्रमणका क्रममा दुई देशका प्रमुखसँग आफ्नो स्ट्यान्ड स्पष्टसँग राख्न उनले आग्रह गरे ।
उहाँले भन्नुभयो, ‘संयोग छ सभामुख महोदय सम्माननीय प्रधानमन्त्री केही दिनपछि चीन र भारतको भ्रमण गर्दै हुनुहुन्छ । त्यो समयमा दुवै सरकारका प्रमुखसँग आफ्नो स्ट्यान्ड राखेर कुरा होस् र यो समस्या समाधान होस् भनेर माग गर्न चाहन्छु । यस्तो बेलामा हामी सबै नेपालीहरू कुनै पार्टी र कुनै जातिको नभई सम्पूर्णको नेपालको तर्फबाट स्वाभिमान र राष्ट्रिय एकता पक्षको पक्षमा उभिनुपर्छ ।’
उनले तिब्बती क्षेत्रमा हिमताल फुटेर आएको बाढीप्रति चिन्ता व्यक्त गर्दै त्यसबारे समेत दुई देशबिच आपसी सहकार्य र समन्वय हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण