बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
खेलकुद

तदर्थ समितिलाई सात दिनभित्र जवाफ पेस गर्न श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको निर्देशन

शुक्रबार, ०६ भदौ २०८२, १७ : ०३
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • नेपाल ओलम्पिक कमिटीको बैठकले तदर्थ समितिका सदस्यहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गर्यो।
  • बैठकले तदर्थ समितिका नौ सदस्यलाई सात दिनभित्र जवाफ दिन निर्देशन दिएको छ।
  • ओलम्पिक कमिटीको लोगो र भवनको अनाधिकृत प्रयोगमा रोक लगाउन पत्राचार गरिनेछ।

काठमाडौँ । जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटीको ३१औँ कार्यसमितिको बैठकले ओलम्पिक बडापत्रको उल्लङ्घन गरी गठन गरिएको 'तदर्थ समिति'का सदस्यहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बैठकले तदर्थ समितिका नौ जना सदस्यहरूलाई सात दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको हो। 

यी सदस्यहरूमध्ये केही नेपाल ओलम्पिक कमिटीको विधानअनुसार पनि सम्बन्धित रहेकाले उनीहरूलाई स्पष्टीकरण सोधिएको हो। यो निर्णयको जानकारी सम्बन्धित अन्तर्राष्ट्रिय निकायहरूलाई पनि पठाइने कमिटीले जनाएको छ।

कमिटीका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले अनाधिकृत रूपमा नेपाल ओलम्पिक कमिटी, अन्तर्राष्टिय कमिटी, ओसीए र एएनओसीएका लोगो तथा ओलम्पिक भवनको प्रयोगमाथि रोक लगाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ।

महासचिव राजीव श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा अनाधिकृत रूपमा ओलम्पिक कमिटीको लोगो र अन्तर्राष्ट्रिय निकायहरूको लोगो प्रयोग बन्द गर्न र कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिने उल्लेख छ।

साथै, ओलम्पिक भवन श्रेष्ठ नेतृत्वको आधिकारिक कमिटीलाई प्रयोग गर्न सहज बनाउन सरकारलाई पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ।

Press-Release-2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप