आमाको भूमिकामा फस्न नचाहने मनिषा कोइराला आखिर किन बनिन् रणबीर कपुरकी ‘आमा’ ?
बीबीसी
नेपाली मूलकी भारतीय अभिनेत्री मनिषा कोइराला एकपटक पुनः फिल्मी पर्दामा हुनेछिन् तर ‘दिल से’ र ‘मन’ को ग्ल्यामरस अभिनेत्रीको रुपमा नभई एक आमाको भूमिकामा ।
मनिषा राजकुमार हिरानीको रिलिज हुन लागेको फिल्म ‘संजु’ मा नरगिस दत्तको भूमिकामा देखिनेछिन् । फिल्ममा रणबीर कपूरले संजय दत्तको भूमिका निभाएका छन् र मनिषा रणबीरकी आमाको भूमिकामा हुनेछिन् ।
बीबीसीसँगको कुराकानीमा मनिषाले भनिन्, ‘नायिकाहरुले ४० उमेर पार गरेपछि आमाको भूमिका मात्र पाउँछन्, यसमा म फस्न चाहन्नथें । म क्यान्सरसँग जुधिरहेको थिएँ । म त राजू हिरानीलाई ‘नाइँ’ भन्न गएको थिएँ तर उनले मलाई यति राम्रो तरिकाले सम्झाए कि मैले उक्त प्रस्तावलाई अस्विकार गर्नै सकिनँ । अब मलाई फिल्मको हिस्सा हुन पाउँदा गर्व छ ।’
‘विधु विनोद चोपडाको कुरा खट्किएको थियो’
मनिषाले आफ्नो र विधु विनोदसँग जोडिएको एउटा रोचक कहानी बीबीसीसँग साझा गरिन् । जब १९४२ः अ लभ स्टोरीको कास्टिङ भइरहेका थिए तब थुप्रै नायिकाले यसका लागि स्क्रिन टेस्ट दिएका थिए । मनिषा पनि त्यहाँ गएकी थिइन् ।
मनिषा भन्छिन्, ‘त्यतिबेला विधु विनोदले मैले एकदमै नराम्रो अभिनय गर्ने बताएका थिए । उनको त्यो कुराले मलाई बिझायो र मैले उनीसँग दोस्रो मौका मागें ।’
त्यसपछि मनिषाले रातदिन स्क्रिन टेस्टको तयारी गरिन् र जब दोस्रो दिन टेस्ट दिइन् तब विधु विनोद चोपडा जिल गरे र उनले मनिषालाई राम्रो गर्ने सल्लाह दिएको उनले बताइन् ।
अब मनिषा कोइरादा ती फिल्ममा काम गर्न चाहन्छिन् जहाँ उनले उत्कृष्ट अभिनय गर्ने मौका पाउँछिन् । मनिषालाई लाग्छ कि उनको उमेरका नायिकाहरुमाथि सुन्दर र जवान देखिने दबाब हुन्छ तर उनी आफूलाई आन्तरिक रुपमा स्वस्थ हुनुपर्नेमा जोड दिन्छिन् ।
मनिषा भन्छिन्, ‘मैले आफ्नो लुक्समा ध्यान दिनुपर्छ तर त्यसको पछाडि म पागलजस्तो पछि लाग्दिनँ । हुनसक्छ म बढ्दो उमेरलाई स्विकार गर्न वकालत गरुँ किनभने ग्ल्यामर इन्डष्ट्रिमा सुन्दर र जवान देखिन अत्यधिक दबाब हुन्छ । सुन्दर देखिनका लागि म आफ्नो आन्तरिक स्वास्थ्यसँग सम्झौता गर्न सक्दिनँ ।’
मनिषालाई आज फिल्म इन्डष्ट्रिमा महिलाका लागि स्थान बनाउन सजिलो भएको देख्दा खुसी लाग्छ । उनलाई लाग्छ कि आजका नायिकाहरु निकै बोल्ड छन् र आफ्नो मनको कुरा पोख्न सक्छन् । उनी भन्छिन्, ‘अहिले यसको सुरुवात भएको छ । अझै पनि थुप्रै परिवर्तन हेर्न बाँकी नै छ ।’
मनिषालाई परिवर्तन भइरहेको संगीतसँग पनि आपत्ति छैन तर गीतको रिमेकसँग भने उनको असन्तोष भने पक्कै छ । उनी भन्छिन्, ‘यदि पुरानो गीतलाई राम्रो बनाउन सक्नुहुन्छ भने ठिक छ नत्र पुरानो गीतलाई खराब नबनाउनुहोस्, प्लिज ।’
राजकुमार हिरानीको निर्देशनको बनेको फिल्म ‘संजु’ आउँदो शुक्रबारबाट रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण