सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
शनिबार, ०७ भदौ २०८२, ०७ : ५२
सारांश
- भरतपुरमा सुख्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।
- इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा चट्टानसहितको पहिरो खसेको हो।
- प्रहरी र स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ।
भरतपुर । सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको हो ।
सडक सुचारुका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटिएको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए । उनका अनुसार स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको छ ।
पहिरोका कारण गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन् । यस सडकखण्ड पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण