क्यान्सर पीडितको उपचारका लागि गण्डकी सरकारले गर्यो कान्ति अस्पतालसँग सम्झौता
सारांश
- गण्डकी प्रदेश सरकारले क्यान्सर पीडित बालबालिकाको उपचारका लागि कान्ति बाल अस्पतालसँग सम्झौता गरेको छ।
- सम्झौताले गण्डकी प्रदेशका क्यान्सर पीडित बालबालिकाहरूलाई थप आर्थिक राहत प्रदान गर्नेछ।
- प्रदेश सरकारले बिरामीलाई निदान, शल्यक्रिया, केमोथेरापी लगायतका उपचारमा आर्थिक सहायता गर्नेछ।
पोखरा । प्रदेश बासी क्यान्सर पीडित बिरामीको उपचारको लागि गण्डकी सरकारले कान्ति बाल अस्पतालसँग सम्झौता गरेको छ । क्यान्सरसँग लडिरहेका बालबालिकाको उपचारमा पहुँच सहज बनाउन सम्झौता गरिएको हो ।
प्रदेशको स्वास्थ्य मन्त्रालय र काठमाडौँस्थित कान्ति बाल अस्पतालबिच उपचार सम्झौता गरिएको स्वास्थ्यमन्त्री कृष्ण पाठकले जानकारी दिए ।
सम्झौतापत्रमा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा विश्वबन्धु बगाले र कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायले हस्ताक्षर गरेका छन् । यो सम्झौतासँगै अब गण्डकी प्रदेशका स्थायी बासिन्दा भएका र कान्ति बाल अस्पतालमा क्यान्सरको उपचार गराइरहेका बालबालिकाले थप आर्थिक राहत पाउने छन् ।
क्यान्सर पीडितको उपचारको लागि प्रदेश सरकारले छुट्टै कार्यविधि बनाएको छ । संघीय सरकारले ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका, २०७५’ बमोजिम उपलब्ध गराउँदै आएको सहायता रकमका अतिरिक्त प्रदेश सरकारले प्रति बिरामी थप एक लाख रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गर्नेछ ।
यो सहायताले उपचारको क्रममा हुने महँगो खर्चको बोझ कम गरी परिवारलाई ठुलो राहत दिने स्वास्थ्य मन्त्री पाठकले सुनाए । सम्झौता अनुसार, प्रदेश सरकारले उपलब्ध गराउने सहायता रकम बिरामीको निदान, शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, औषधि, औषधीजन्य सामग्री तथा अन्य उपचार व्यवस्थापन खर्चमा उपयोग गरिनेछ । अस्पतालले बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने, उपचारको अधिकतम सदुपयोग सुनिश्चित गर्नुपर्ने र कार्यक्रम कार्यान्वयनका लागि एकजना फोकल पर्सन तोक्नुपर्ने जस्ता सर्तहरू राखिएका छन् ।
कान्ति बाल अस्पतालसँगको यो सम्झौता गण्डकी प्रदेशको सातौँ सम्झौता हो । यसअघि मन्त्रालयले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर क्यान्सर अस्पतालसँग यस्तै सम्झौता गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण