विपिन जोशीकी आमा र बहिनीले भेटे प्रधानमन्त्री
शनिबार, ०७ भदौ २०८२, १९ : ००
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीसँग हमासको कब्जामा रहेका विपिन जोशीकी आमा र बहिनीले भेट गरे।
- उनीहरूले इजरायलमा विपिनको रिहाइको पहलका लागि भेटघाट गरेर फर्केका थिए।
- प्रधानमन्त्रीले विपिनको रिहाइको पहलका लागि सरकारले कसर बाँकी नराख्ने बताए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग हमासको कब्जामा रहेका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले भेट गरेका छन् ।
हालै इजरायलबाट फर्केका उनीहरूले शनिबार प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
दुबै जना विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फकिएका हुन् ।
शनिबारको भेटपछि प्रधानमन्त्रीले विपिनको रिहाइको पहलका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको फेसबुकमार्फत जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण