बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिममा दुई सय ८८ जनामा डेंगु सङ्क्रमण

शनिबार, ०७ भदौ २०८२, २२ : ०६
शनिबार, ०७ भदौ २०८२

सारांश

  • सुदूरपश्चिम प्रदेशमा आठ महिनामा २८८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।
  • कैलालीमा सबैभन्दा बढी ६५ जना, अछाममा ४१ र कञ्चनपुरमा ३२ जना सङ्क्रमित भेटिए।
  • स्वास्थ्य निर्देशनालयका अनुसार, असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमण बढ्ने सम्भावना रहेको छ।

कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा डेङ्गु सङ्क्रमण भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले यस अवधिमा सङ्क्रमितमध्ये सबैभन्दा बढी कैलालीमा ६५ जना, अछाममा ४१ र कञ्चनपुरमा ३२ जना सङ्क्रमित भएको जनाएको छ । 

यसैगरी हिमाली जिल्ला दार्चुलामा चार र बाजुरामा १८ जना सङ्क्रमित भएका छन् । डडेलधुरा, डोटी, बझाङ र बैतडीमा गरी ८८ जना सङ्क्रमित भएका निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले खासगरी असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमण बढ्ने भएकाले विशेष सतर्कता अपाउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप