पाँच वर्षदेखि पुल निर्माण अधुरै
सारांश
- सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माणाधीन मोटरेबल पुल पाँच वर्षदेखि अलपत्र अवस्थामा छ।
- आठ करोडको लागतमा पुल निर्माणको जिम्मा पाएको सूर्य जेभी निर्माण कम्पनीले काम अघि बढाएको छैन।
- पुल नबन्दा स्थानीयले सास्ती भोग्नुपरेको छ, र झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम बढेको छ।
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ ।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी रु आठ करोडमा उक्त पुल निर्माण कार्यको ठेक्का सूर्य जेभी निर्माण कम्पनीले पाएको थियो । विसं २०७८ चैत २३ गते तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले जुगल गाउँपालिका–१ र ५ जोड्ने ६३ मिटर लामो पुलको शिलान्यास गरेका थिए ।
जुगल गाउँपालिका उपाध्यक्ष हिमाल श्रेष्ठका अनुसार स्थानीय सरकारले पटकपटक निर्माण कार्य अघि बढाउन आग्रह गरिए पनि ठेकेदार कम्पनीले बेवास्ता गरिरहेको छ । उपाध्यक्ष श्रेष्ठका अनुसार पुल बनेपछि साविकको सेलाङ र गोल्चे गाविसका स्थानीय लाभान्वित हुनेछन् । मुख्य ठेकेदारले पेटी ठेकेदारलाई निर्माणको काम जिम्मा दिएर ठेकेदार सम्पर्कविहीन हुँदै आएको श्रेष्ठ बताउँछन् ।
निर्माणको जिम्मा पाएको सूर्य जेभी निर्माण कम्पनीका प्रोप्राइटर गणेश आर्चाय ‘ड्रइङ डिजाइन’को ‘एप्रुभ’ भइसके पनि चरिकोट डिभिजन कार्यालयले भिओ नबनाइदिएको कारण काम सुरु नभएको बताउँछन् । “हामी पुलको काम तत्कालै गर्न चाहन्थ्याैँ तर सडक डिभिजन कार्यालय चरिकोटले भिओ नबाइदिएको कारण काम गर्न गाह्रो भयो”, उनले भने । सडक डिभिजन कार्यालय चरिकोटले दुई वर्षदेखिको बिल भुक्तानी नगरेको उनको दाबी छ ।
पुलको बिचको पिलर १० इन्च फरक परेको र सोको ड्रइङ पुनः निर्माण गरेर एप्रुभ भइसकेकाले भिओ र बिल भुक्तानीको काम नरोकिने सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख आकाश श्रेष्ठ बताउँछन् ।
जुगल गाउँपालिका–५ का वडाध्यक्ष रवीन्द्र घिमिरे पुल निर्माण कार्य अघि नबढ्दा जनताले सास्ती भोग्नुपरेको बताउँछन् । वडाध्यक्ष घिमिरे नदीमा वारिपारि गर्न झोलुङ्गे पुल भए पनि जीर्ण भएकाले जोखिम रहेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण