ललितपुरले जडान गर्यो उपत्यकामा नै पहिलो पटक 'अर्ली वार्निङ' प्रणाली
सारांश
- ललितपुर महानगरपालिकाले बाढीको पूर्व जानकारी दिन अर्ली वार्निङ प्रणाली जडान गरेको छ।
- यो प्रणाली कर्मनाशा पुल र नख्खु खोला नजिकै जडान गरिएको छ, जसले स्थानीयलाई सचेत गराउँछ।
- महानगरले विपद् व्यवस्थापनका लागि जनशक्ति र सामग्रीसहितको संयन्त्र एकै ठाउँमा राखेको छ।
ललितपुर । ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्व जानकारी दिन अर्ली वार्निङ प्रणाली जडान गरेको छ । महानगरले हाल पालिकाभित्रका दुई ठाउँमा यो प्रणाली जडान गरेको हो ।
यो प्रणाली जडान गर्ने ललितपुर महानगर पहिलो स्थानीय तह हो । वडा नं.२८ हरिसिद्धीस्थित कर्मनाशा पुल र वडा नं.४ नख्खु खोला नजिकै यो प्रणाली जडान गरिएको महानगर विपद् व्यवस्थापन शाखाले जनाएको छ ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्र पर्ने मुख्य दुई नदी नजिकै यो प्रणाली जडान गरिएको बताए । उनले भने, ‘यी दुईवटा नदी वरपरका अन्य वडाहरूलाई पनि सचेत हुन यो प्रणालीले मद्दत गर्छ ।’ नदीमा पानीको बहाव बढेपछि घण्टी बज्छ, यो घण्टीले सचेत हुन र आवश्यक सावधानी अपनाउन मद्दत गर्छ । आवश्यक भए अन्यत्र पनि जडान गर्ने महानगर प्रमुख महर्जनले बताए ।
महानगर विपद् व्यवस्थापन शाखाका अनुसार झन्डै दुई किलोमिटरसम्म घण्टीको आवाज सुनिन्छ । बाढीको अवस्था बारे नगर प्रहरी र अन्य सरोकारवालालाई जानकारी दिन समेत संयन्त्र जडान गर्ने तयारी महानगरले गरेको छ । अर्ली वार्निङ सिस्टम जडान गर्नुको मुख्य उद्देश्य जनधनको क्षति हुन नदिनु भएको नगर प्रमुख बताए ।
ललितपुर महानगरले विपद् व्यवस्थापनका लागि एउटै छानामुनि विपद् व्यवस्थापनमा आवश्यक जनशक्ति र सामग्रीहरूको व्यवस्थापन गरेको छ । पुलचोक दमकलस्थित नगरप्रहरी बल कार्यालयमा नगरप्रहरी, दमकल, शववहान, डुङाको व्यवस्थापन गरेको छ । यसैगरी विपद्को बेलामा प्रयोग गर्नुपर्ने अन्य सामग्रीहरूमा पनि त्यहाँ राखिएको छ ।
महानगरका महर्जनले विपद् भइहाले आवश्यक पर्ने सबै संयन्त्र एकै पटक पुगोस् भन्ने हेतुले एकै छानामुनि सबै संयन्त्रको व्यवस्था गरेको बताए । उनले भने,'अन्तर्राष्ट्रिय अभ्यास अनुसार विपद् व्यवस्थापनका बेला जनशक्तिसँगसँगै एम्बुलेन्स पनि सँग जानुपर्छ, हामीले यो अभ्यासलाई ललितपुर महानगरमा प्रयोग गरेका छौँ । '
महानगरले अघिल्लो वर्ष असोजको दोस्रो साता आएको बाढीमा उद्धारका लागि डुङ्गाको अभाव भएपछि महानगरले केही महिना अघि डुङ्गा खरिद गरेको छ । यसका साथै साना ठुला गरी ६ वटा दमकल महानगरसँग छ । नगर प्रमुख महर्जनले भने, ‘गल्लीभित्र पसेर आगो निभाउन सक्ने दमकल पनि महानगरसँग छ ।’ महानगरले विभिन्न कारणले हुने विपद्बाट जोगिन वडास्तर सम्म पुगेर सचेतना कार्यक्रम पनि आयोजना गरेको छ ।
महानगरको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिकाले वडैपिच्छे विपद् व्यवस्थापन र सचेतनाका लागि वडा स्तरीय स्वयं सेवक समूह गठन गर्ने तयारी समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण