चन्द्र नहरमा डुबेर एक पुरुषको मृत्यु
आइतबार, ०८ भदौ २०८२, २२ : २१
सारांश
- सप्तरीको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर एक जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा कञ्चनरुप-६ का ४६ वर्षीय सतारुधन सरदार रहेका छन्।
- प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी नुहाउने क्रममा उनी डुबेका थिए।
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका–६ घोगनपुर बस्ने ४६ वर्षीय सत्रुधन सरदार रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर नुहाउने क्रममा डुबेर बेपता भएका सरदारलाई स्थानीयले खोजतलास गर्दा मृतावस्थामा भटेको प्रहरीले जनाएको छ ।
एक हप्ताअघि पनि सोही नगरपालिका–८ स्थित चाँदनीचोक नजिक चन्द्र नहरमा डुबेर नगरपालिका–७ बलुवाका ५० वर्षीय गोविन्द चौधरीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ प्याब्सनका कोषाध्यक्ष मृत फेला
-
बोनम्यारो’ पीडित बालक बिपिनको उपचार खर्च जुटाउन नसकेर परिवार तनावमा
-
अखिल (क्रान्तिकारी) र अनेरास्ववियूबिच एकताका लागि तीन कार्यदल गठन
-
सामूहिक आवासका लागि पाँच करोड विनियोजन
-
ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा
-
को हुन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्ट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण