वीरगञ्जमा हैजाको प्रकोप नियन्त्रणका लागि दुई मन्त्री स्थलगत अनुगमनमा
सारांश
- स्वास्थ्यमन्त्री र खानेपानीमन्त्री हैजाको प्रकोप नियन्त्रणका लागि वीरगञ्ज पुगेका छन्।
- वीरगञ्जमा हैजा समुदायस्तरमा फैलिएपछि संघीय सरकारले विशेष चासो दिएको छ।
- मन्त्रीहरूले नारायणी अस्पतालमा हुने बैठकमा हैजा नियन्त्रणबारे छलफल गर्नेछन्।
काठमाडौँ । वीरगञ्जमा हैजाको प्रकोप नियन्त्रणबाहिर जान थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र खानेपानी मन्त्री प्रदीप यादव सोमबार प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि वीरगञ्ज प्रस्थान गरेका छन् ।
गत शुक्रबार राति वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्ली टोलबाट सुरु भएको हैजा अहिले समुदायस्तरमै फैलिँदै गएपछि सङ्घीय सरकारले विशेष चासो देखाएको हो ।
सङ्क्रमण नियन्त्रणमा आउनुको सट्टा नयाँ बिरामी थपिने क्रम जारी रहेपछि आइतबार स्वास्थ्य मन्त्रालयमा बसेको आकस्मिक बैठकले दुवै मन्त्रीलाई प्रत्यक्ष अनुगमनमा पठाउने निर्णय गरेको थियो ।
मन्त्रीद्वयले वीरगञ्ज पुगेर नारायणी अस्पतालमा आयोजना हुने बहुपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम छ । सो बैठकमा हैजा नियन्त्रणका लागि तत्काल अपनाउनुपर्ने उपाय, द्रुत स्वास्थ्य प्रतिकार्यका लागि थप जनशक्ति परिचालन तथा स्रोत व्यवस्थापनबारे छलफल हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल हैजाबाट सङ्क्रमित अधिकांश बिरामीको उपचार नारायणी अस्पतालमा भइरहेको छ भने समुदायमा नयाँ सङ्क्रमित भेटिने क्रम रोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका दश वटै पालिका पूर्णखोप सुनिश्चिता घोषणा
-
अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा
-
एमाले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी हस्तान्तरण
-
गठबन्धनरूपी विकृत युगको साक्षी भयौँ, साझेदार भएनौँ : गगन थापा
-
यस वर्ष ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन
-
थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण