क्रिश्चिचयन धर्म प्रचार गरेको आरोपमा भैंसेपाटीबाट अमेरिकन नागरिक पक्राउ
सारांश
- अमेरिकी नागरिक डेनियल एस कोर्नीलाई ललितपुरबाट क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा पक्राउ गरिएको छ।
- कोर्नीले सार्वजनिक स्थानमा 'येशू ख्रीष्टको सेवक हुँ' भन्दै धर्म प्रचार गर्दै बालबालिकालाई धर्ममा लगाउने गरेको पाइएको छ।
- अध्यागमन विभागले उनले बालुगृह सञ्चालन गरेको र कर्नी पब्लिसिङ हाउस पनि चलाएको फेला पारेको छ।
काठमाडौँ । क्रिश्चिचयनधर्मको प्रचार गरेको आरोपमा एकजना अमेरिकन नागरिकलाई अध्यागमन विभागले ललितपुरबाट पक्राउ गरेको छ । भिजिट भिसामा नेपालमा बसेर धर्म प्रचारमा संलग्न डेनियल एस कोर्नीलाई पक्राउ गरिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले रातोपाटीलाई बताए ।
कोर्नीले आफूलाई ‘यशू खिष्टको सेवक हुँ’ भन्दै सार्वजनिक स्थानमा धर्म प्रचार गर्दै हिँडेका थिए । उनले लगनखेल बसपार्क, जावलाखेल र सुनधारामा धर्म प्रचार गर्दै हिँडेको भेटिएपछि अध्यागमन विभागका निर्देशक टिकाराम ढकाल नेतृत्वको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
सन् २०१५ देखी नेपाल बस्दै आएका कोर्नी सुरुमा पर्यटन भिसामा प्रवेश गरेका थिए । त्यसपछि उनले बिजनेस भिसाको लागि आवेदन दिएको भेटिएको छ । व्यापार गर्न लगानी ल्याउन नसकेपछि अध्ययन भिसा लिएर उनले विश्वभाषा क्याम्पसमा अध्ययन पनि गरे । पछिल्लो समय ललितपुर महानगरपालिका–१८ भैंसेपाटीमा उनले नेपालीहरूसँग मिलेर ४ तले घर भाडामा लिएर बालगृह सञ्चालन गरेको भेटिएको छ ।
बालगृहमा राखिएका २० जना बालबालिकाहरूलाई कोर्नीको समूहले धर्म प्रचारमा लगाउने गरेको भेटिएको विभागका निर्देशक ढकालले जानकारी दिए । उनले भने, ‘उनले ललितपुरमा कर्नी पब्लिसिङ हाउस पनि सञ्चालन गरेको भेटिएको छ ।’
आर्थिक कमजोर भएका बच्चाहरूलाई ल्याएर बालगृहमा उनको समूहले क्रिश्चिचयनधर्म पढाउने गरेको भेटिएको छ । त्यसबारे अनुसन्धान भइरहेको निर्देशक ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण