सुप्रिया र माया मिस एण्ड मिसेस गुरुङ घोषित
सारांश
- सुप्रिया गुरुङ र माया गुरुङले 'मिस एण्ड मिसेस गुरुङ २०८२' को उपाधि जिते।
- कार्यक्रममा विभिन्न विधामा अन्य महिलाहरूले पनि उपाधिहरू जितेका थिए।
- कार्यक्रमको आयोजना एसके इन्टरटेन्मेन्टले गरेको थियो, जसमा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
काठमाडौँ । ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले जितेका छन् । सोमबार नेपाल पुलिस क्लबमा भएको अन्तिम प्रतिस्पर्धामा उनीहरूले उपाधि चुमेका हुन् ।
पूर्व अर्थ तथा परराष्ट्रमन्त्री मन्त्री एवम् नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको समारोहमा मिसेसतर्फ फष्ट रनरअप मायादेवी गुरुङ, सेकेण्ड रनरअप गंगा गुरुङ, थर्ड रनरअप पूर्णिमा गुरुङ र फोर्थ रनरअप मुना घले भए ।
त्यस्तै मिसेस पब्लिक च्वाइस मिसेसमा मुना घले र पब्लिक च्वाइसको उपविजेता नन्द गुरुङ भईन् । मिसेस भ्युअर च्वाइसमा कुमारी गुरुङ, मिसेस अग्रेनाइजर च्वाइसमा मेलिना गुरुङ, मिसेस फोटोजेनिकमा मेलिना गुरुङ, मिसेस प्रतिभामा मीना गुरुङ, मिसेस अनुशासन हेमा गुरुङ, मिसेस व्यक्तित्वमा माया गुरुङ, मिसेस आत्मविश्वासीमा कुमारी गुरुङ, मिसेस इन्टिलिजेन्समा गंगा गुरुङ, मिसेस फ्रेन्डसिपमा मुना घले, मिसेस हार्डवर्किङमा रश्मी गुरुङ, मिसेस वेष्ट स्माइलमा जुना गुरुङ, मिसेस व्यूटिफुलमा मेलिना गुरुङ, मिसेस अनेष्टमा कृष्णमाया गुरुङ, मिसेस हम्बलमा मीना घले, मिसेस आज्ञाकारीमा नन्द गुरुङ, मिसेस प्रेरणादायीमा बिचु गुरुङ, मिसेस बेष्ट हेयरमा क्षमा गुरुङ, मिसेस बेष्ट स्किननमा रञ्जिता गुरुङ, मिसेस ग्रेसफुलमा धनु गुरुङ, मिसेस कल्चरलमा सपना गुरुङ, मिसेस आकर्षकमा कञ्चन गुरुङ, मिसेस एक्टिभमा सृजना गुरुङ, मिसेस इनोसेन्टमा लक्ष्मी गुरुङ, मिसेस सिनसियरमा मायादेवी गुरुङ र मिसेस नेतृत्वमा पूर्णिमा गुरुङले उपाधि जित्न सफल भए ।
यस्तै, मिसतर्फ फस्ट रनरअप अनिता गुरुङ, सेकेन्ड रनरअप ईशा गुरुङ, पब्लिक च्वाइस फुलमाया गुरुङ, पब्लिक च्वाइस रनर अप अनिता गुरुङ, दर्शकको रोजाइ सुनिला गुरुङ, आयोजकको छनोट हिमाली गुरुङ, मिस फोटोजेनिक सुमा गुरुङ, मिस ट्यालेन्ट अनिता गुरुङ, मिस डिसिप्लिन जेनिशा गुरुङ, मिस पर्सनालिटी सुप्रिया गुरुङ, मिस कन्फिडेन्ट सुनिला गुरुङ, मिस इन्टेलिजेन्ट फुलमाया गुरुङ, मिस फ्रेन्डशिप सपना घले, मिस लिडरशिप सम्पदा गुरुङ, मिस बेस्ट स्माइल सिर्जना गुरुङ, मिस ब्यूटीफुल ईशा गुरुङ, मिस चार्मिङ अनिता गुरुङ, मिस एक्टिभ सुमा गुरुङ, मिस इनोसेन्ट हिमाली गुरुङ र मिस इमान्दार पवित्रा गुरुङ बन्न सफल भए ।
विजेता, उपविजेता र अन्य विजेताहरूले उपाधिसहित विभिन्न गिफ्ट ह्पापर र पुरस्कार प्राप्त गरेका थिए ।
कार्यक्रमको निर्णयकमा वरिष्ठ अभिनेता सरोज खनाल वरिष्ठ गायक आनन्द कार्की, पूर्वडिआइजी डा देउती गुरुङ, नृत्य कोरियोग्राफर केशव थापा र मैनुका राई रहेका थिए । कार्यक्रमको आयोजना एसके इन्टरटेन्मेन्टले गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण