एन्चेलोट्टीको २३ सदस्यीय टोलीमा परेनन् नेयमार, भिनिसियस र रोड्रिगो
सारांश
- ब्राजिलका प्रशिक्षक एन्चेलोट्टीले विश्वकप छनोटका लागि २३ सदस्यीय टोली घोषणा गरे, जसमा नेयमार र भिनिसियस जुनियर परेनन्।
- ब्राजिलले चिली र बोलिभियासँग खेल्नेछ, जसमा नेयमार चोटका कारण र भिनिसियस जुनियर पहेँलो कार्डका कारण टोलीमा छैनन्।
- ब्राजिल हाल कोनमेबोल छनोटको तालिकामा तेस्रो स्थानमा छ, शीर्ष स्थानमा अर्जेन्टिना रहेको छ।
ब्रासिलिया । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्चेलोट्टीले चिली र बोलिभियाविरुद्ध हुने विश्वकप छनोट खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेका छन्। टोलीमा नेयमार, भिनिसियस जुनियर र रोड्रिगो जस्ता चर्चित खेलाडी भने परेनन्।
ब्राजिलले सेप्टेम्बर ४ मा रियो डी जेनेरियोस्थित मराकाना स्टेडियममा चिलीलाई स्वागत गर्नेछ भने पाँच दिनपछि ४,१०० मिटर उचाइमा अवस्थित बोलिभियाको एल आल्टो शहरमा अतिथि बन्नेछ।
हाल ब्राजिल कोनमेबोल छनोटको तालिकामा इक्वेडरसँग बराबरी २५ अङ्कसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानमा अर्जेन्टिना रहेको छ ।
एन्चेलोट्टीले नेयमारलाई हालैको खुट्टाको समस्या कारण समावेश नगरेका हुन्। भिनिसियस जुनियरले पहेँलो कार्ड सङ्कलनका कारण एक खेल नखेल्ने भएकाले उनलाई पनि छाडिएको छ। रोड्रिगोलाई भने प्रशिक्षकले टोलीबारे पर्याप्त बुझिसकेको भन्दै यो पटक बाहिर राखिएको हो।
नेयमारले अक्टोबर २०२३ यता ब्राजिलका लागि खेल्न पाएका छैनन्। लगातार चोटपटकका कारण उनी अझै फिटनेस पुनःप्राप्तिमा छन्।
टोली यसप्रकार छ
गोलरक्षक: एलिसन (लिभरपुल), बेन्तो (अल नसर), हुगो सौजा (कोरिन्थियन्स)
रक्षापंक्ति : अलेक्सान्द्रो रिबेइरो (लिल), अलेक्स सान्द्रो (फ्लामेन्गो), काइओ हेन्ऱिक (मोनाको), डग्लस सान्टोस (जेनित), फाब्रिसियो ब्रुनो (क्रुजेरो), गाब्रियल मागाल्हेस (आर्सेनल), मार्किन्होस (पीएसजी), भान्डेर्सन (मोनाको), वेस्ले (रोमा)
मध्यपंक्ति: आन्द्रे सान्टोस (चेल्सी), ब्रुनो गिमारेस (न्यूक्यासल), कासेमिरो (म्यानचेस्टर युनाइटेड), जोएलिन्तन (न्यूक्यासल), लुकास पाक्वेटा (वेस्ट ह्याम)
आक्रमणकर्ता: एस्तेभाओ (चेल्सी), गाब्रियल मार्टिनेली (आर्सेनल), जोआओ पेद्रो (चेल्सी), काइओ जोर्ज (क्रुजेरो), लुइज हेन्ऱिक (जेनित), मातेउस कुन्या (म्यानचेस्टर युनाइटेड), राफिन्हा (बार्सिलोना), रिचार्लिसन (टोटेनहम)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण