उपसभामुख जोडिएको संस्थाले भन्यो, ‘बालमन्दिरबाट लगिएका बच्चा पढ्दै छन्’
सारांश
- उपसभामुख इन्दिरा रानामगर जोडिएको संस्थाले बालमन्दिरबाट लगेका ५ बालबालिकाबारे प्रहरीलाई जवाफ पठाएको छ।
- पिए नेपालले ती बालबालिका अहिले अध्ययन गरिरहेको जानकारी गराएको छ, र अभिभावकको अनुमति लिएको बताएको छ।
- प्रहरीले बालबालिका अध्ययन गरिरहेको कुराको क्रस भेरिफिकेसन गर्ने जनाएको छ।
काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर जोडिएको संस्थाले बालमन्दिरबाट लगेको ५ जना बालबालिकाबारे प्रहरीलाई जवाफ पठाएको छ ।
रानामगर उपसभामुख बन्नुभन्दा पहिले नै २०७२ कार्तिकमा ‘पीए नेपाल’ नामको संस्थामा बालगृहले पठाएको बालबालिका नफर्केको घटना सार्वजनिक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले त्यसबारे चासो राखेको थियो ।
सीआईबी मातहतको मानव बेचबिखन ब्युरोले लेखेको पत्रको जवाफ दिँदै मंगलबार पिए नेपाल (बन्दी सहायता नेपाल)ले बालबालिकाहरु अहिले पढिरहेको जानकारी गराएको हो ।
बालमन्दिरबाट लगेको बालबालिका अहिले अध्ययन गरिरहेको भनेर पिए नेपालले जानकारी गराएको मानव बेचबिखन ब्युरोका एसपी नरेन्द्र कुँवरले रातोपाटीलाई बताए ।
उनले भने, ‘त्यसबेला जेलमा भएका अभिभावसँग अनुमति लिएर बालबालिका लगेको उहाँहरुले हामीलाई बताउनुभएको छ ।’
सो संस्थाले अहिले बालबालिकाहरु कक्षा १२ र बिए पढ्दै गरेको भनेर प्रहरीलाई भनेको छ । एसपी कुँवर भन्छन्, ‘उहाँहरुले पढ्दै छन् भनेर भन्नुभएको छ, हामी क्रस भेरिफिसकेशन गर्छौँ ।’
रानामगर तत्कालीन अध्यक्ष रहेको ‘पीए नेपाल’ले सिफलस्थित बालगृहबाट पाँच बालबालिका लगेर र उनीहरू नफर्केको घटना सञ्चारमाध्यममा सार्वजनिक भएपछि त्यसबारे सीआईबी मातहतको मानव बेचबिखन ब्युरोले तथ्यबारे चासो राखेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण