बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लम्पी स्किनविरुद्ध ६ हजार बढी चौपायालाई खोप

बुधबार, ११ भदौ २०८२, १० : २४
बुधबार, ११ भदौ २०८२

सारांश

  • चितवनमा लम्पी स्किन रोगविरुद्ध ६ हजार ६६६ चौपायालाई खोप लगाइयो।
  • भरतपुर, रत्ननगर, खैरहनी, कालिका र इच्छाकामनामा खोप अभियान सञ्चालन गरिएको थियो।
  • चालु आर्थिक वर्षमा चितवनमा १,११६ गाईभैँसीमा रोग देखिएको र ४५ गाईगोरुको मृत्यु भएको छ।

चितवन । चितवनका छ हजार ६६६ चौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । यहाँका पशुमा लम्पीस्किन भएपछि खोप अभियान सञ्चालन सुरु गरिएको थियो ।

यही भदौ १ गतेदेखि साताव्यापी रूपमा खोप अभियान सञ्चालन गरिएको जानकारी दिँदै पशु सेवा कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रले भरतपुर महानगरपालिकाका दुई हजार ७३३, रत्ननगर नगरपालिकाका एक हजार १९०, खैरहनी नगरपालिकाका एक हजार ६१४ पशुचौपायालाई खोप लगाइएको बताए । 

यसैगरी, कालिका नगरपालिकाका तीन सय ५५ र इच्छाकामना गाउँपालिकामा सात सय ७४ पशु चौपायालाई खोप लगाइएको छ । उक्त कार्यालयले अभियानअघि नै चालु आर्थिक वर्षमा १२ हजार १०० डोज खोप वितरण गरिसकेको जनाएको छ ।
 
सूचना अधिकारी मिश्रका अनुसार रोग लागिसकेका र गोठमा रोग देखिएका पशुलाई खोप लगाइएको छैन । चालु  आवमा जिल्लामा हालसम्म एक हजार ११६ गाईभैँसीमा यो रोग देखिएको छ । हालसम्म ४५ गाईगोरु मरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप