हर्कले राख्दैछन् २७ एजेन्डासहित कार्यपालिका : नयाँ बजेटको अपेक्षा
सारांश
- धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याउन कार्यपालिका बैठक बोलाएको छ।
- बैठकमा नीति तथा कार्यक्रम र बजेट अनुमोदन, करार कर्मचारी व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ।
- मेयर हर्क साम्पाङ राईले २७ वटा एजेन्डामाथि छलफल गर्न बैठक बोलाएका हुन्।
काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट अझैसम्म ल्याउन सकेको छैन । यसै सन्दर्भमा मेयर हर्क साम्पाङ राईले आज एकैदिन २७ वटा महत्त्वपूर्ण एजेन्डामा छलफल गर्न कार्यपालिका बैठक आह्वान गरेका छन् । यो बैठकले रोकिएको बजेट ल्याउने अपेक्षा गरिएको छ । मेयर राईले दिउँसो २ बजेलाई बैठक बोलाएका हुन् ।
बजेट तथा नीति कार्यक्रममाथि छलफल
आजको बैठकको मुख्य एजेन्डा चालु आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट अनुमोदन गर्नु रहेको छ । बजेट पारित नहुँदा धरानमा नयाँ योजना तथा कार्यक्रमहरू सुरु हुन सकेका थिएनन् भने दैनिक प्रशासनिक खर्चबाहेक अन्य विकास निर्माणका कामहरू ठप्प प्रायः थिए ।
धरानको आर्थिक कार्यविधिहरू अनुमोदन गर्ने विषयमा पनि छलफल हुनेछ । यसका साथै विभिन्न शीर्षकमा लाग्ने कर, शुल्क तथा दस्तुरहरूको निर्धारण गर्ने एजेन्डा पनि बैठकमा समावेश छ । वैठकमा निर्माण तथा खरिद सम्बन्धी प्रक्रियाहरूलाई पनि अनुमोदन गर्ने विषयमा छलफल हुनेछ ।
उपमहानगरपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूको व्यवस्थापन र कर्मचारी सेवा सर्त नियमावलीबारे पनि यस बैठकमा छलफल हुनेछ । विभिन्न स्थानीय ऐन, नियम तथा कार्यविधिहरू संशोधन वा नयाँ निर्माण गर्ने विषय पनि बैठकको एजेन्डामा छ।
साथै, विभिन्न विषयगत समिति र बोर्डहरूको गठन तथा कार्यक्षेत्र निर्धारण गर्ने निर्णय पनि यो बैठकले गर्नेछ । धरानभित्र रहेका सार्वजनिक जग्गाको व्यवस्थापन तथा उपयोग बारे पनि बैठकको एजेन्डा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण