मोरङ कारागारमा महिला कैदी मृत फेला
सारांश
- विराटनगरको मोरङ जिल्ला कारागारमा एक महिला कैदीको शव फेला परेको छ।
- शव महिला सेलको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको थियो।
- मृत्यु हुनेमा कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएकी ३२ वर्षीया राधा भट्टराई रहेकी छिन्।
विराटनगर । विराटनगरस्थित मोरङ जिल्ला कारागारको शौचालयमा एक महिला कैदीको शव फेला परेको छ । मोरङ कारागारका प्रमुख गौरव ढुङ्गेलले महिलाको शव फेला परेको पुष्टि गरे ।
ढुङ्गेलका अनुसार महिला सेलको शौचालयभित्र बिहान ४ बजे झुन्डिएको अवस्थामा महिलाको शव फेला परेको हो । मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीय राधा भट्टराई (राधिका) हुन् ।
उनलाई कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले जन्मकैद २०८१ कात्तिक ७ गते २० वर्ष कैद सजाय सुनाएको थियो । भट्टराई दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन् ।
उनी र एक सन्तानको उद्धार भएको थियो भने एक सन्तानको मृत्यु भएपछि उनीमाथि कर्तव्य ज्यान मुद्दा चलेको थियो । २०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण