मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

लिपमोटरको विश्वव्यापी बजारमा ९ लाख इलेक्ट्रिक सवारी वितरण

बुधबार, ११ भदौ २०८२, २० : १९
बुधबार, ११ भदौ २०८२

सारांश

  • लिपमोटरले विश्वभर ९,००,००० इलेक्ट्रिक सवारीसाधन वितरण गरेको घोषणा गरेको छ।
  • यस वर्षको पहिलो छ महिनामा लिपमोटर चीनको फोच्र्युन चाइना ५०० सूचीमा पहिलो पटक समावेश भयो।
  • स्टेलान्टिससँगको साझेदारीपछि लिपमोटर ३० भन्दा बढी बजारमा प्रवेश गरिसकेको छ, नेपालमा पनि उपलब्ध छ।

काठमाडौँ । न्यू इनर्जी भेइकल निर्माता लिपमोटरले विश्वभरमा ९ लाख इलेक्ट्रिक सवारीसाधन वितरण गरेको घोषणा गरेको छ। 

यस वर्षको पहिलो छ महिनामा उल्लेखनीय सफलता हासिल गर्दै लिपमोटरले चीनकै फोच्र्युन चाइना ५०० सूचीमा पहिलोपटक आफ्नो नाम समावेश गराउन पनि सफल भएको छ।

स्टेलान्टिससँगको साझेदारीमार्फत लिपमोटर इन्टरनेशनल स्थापनापछि कम्पनीले युरोप, मध्यपूर्व, अफ्रिका र एशिया–प्रशान्त क्षेत्रका ३० भन्दा बढी बजारमा प्रवेश गरिसकेको छ। विश्वभर ६०० भन्दा बढी बिक्री तथा सेवा केन्द्र सञ्चालनमा छन्।

नेपालमा लिपमोटरको आधिकारिक आयातकर्ता सांग्रिला मोटर्स प्रा. लि. (गोल्छा अर्गनाइजेसन) रहेको छ। कम्पनीले नेपाली बजारमा हाल C10, B10 र T03 मोडल उपलब्ध गराउँदै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप