गएराति किभमा भएको आक्रमणमा मर्ने चारमध्ये बालबालिका पनि
सारांश
- रुसले किभमा गरेको आक्रमणमा चार जनाको मृत्यु भएको छ, जसमा दुई बालबालिका थिए।
- राजधानीमा व्यापक मिसाइल र ड्रोन आक्रमण भएको थियो, जसमा कम्तीमा २४ जना घाइते भए।
- आक्रमणमा किन्डरगार्टेनसहितका भवनमा क्षति पुगेको छ र हजारौं घरमा बिजुली आपूर्ति बन्द भएको छ।
किभ । रुसले गए राति किभभाथि गरेको आक्रमणमा चार जनाको मृत्यु भएको छ । मर्नेमा दुई जना बालबालिका भएको युक्रेनी अधिकारीहरूले बिहीबार बताएका छन् ।
मृत्यु भएका एक जजा १४ वर्षीय बालिका भएको बताइएको छ । रातभरि रुसले किभमाथि व्यापक गोलाबारुद प्रहार गरेको थियो । किभका मेयर भिताली क्लित्श्चोकले बताएअनुसार राजधानीमाथि व्यापक मिसाइल र ड्रोन आक्रमण भएको थियो । आक्रमणमा परेर कम्तीमा २४ जना घाइते भएको सेनाका अधिकारीहरूले टेलिग्राममा पुष्टि गरेका छन् ।
यी मध्ये कम्तीमा पाँच जना बालबालिका छन् । दार्नेत्स्की जिल्लामा पाँच तले भवन ढलेको थियो भने छिमेकको द्निप्रो जिल्लामा बहुतले आवासीय भवनमा आगो लागेको थियो । रुसले कम्तीमा पाँच जिल्लालाई निशाना बनाइरहेको छ ।
आगलागी भएकामा भवनहरूमा किन्डरगार्टेनसमेत परेको बताइएको छ । रुसले युक्रेनी ऊर्जापूर्वाधारमा ड्रोन आक्रमण गरेपछि हजारभन्दा धेरै युक्रेन घरमा बिजुलीको आपूर्ति ठप्प भएको बुधबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण