रुसी आक्रमणमा परेर युक्रेनमा १० जनाको मृत्यु
सारांश
- किभमा भएको रुसी आक्रमणमा एक बच्चासहित १० जनाको मृत्यु भएको छ ।
- युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले वार्ताको सट्टा मिसाइल रोजेको बताएका छन् ।
- यस आक्रमणमा परी एक लाखभन्दा बढी युक्रेनी घरहरूमा बिजुली गुमेको थियो ।
किभ । किभमा गएराति भएको रुसी आक्रमणमा एक बच्चासहित १० जनाको मृत्यु भएको छ । युक्रेनको अभियोजन कार्यालयले यो जानकारी दिएको हो । यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आठ जनाको मृत्यु भएको बताएका थिए ।
मृत्यु हुनेमा दुई बालबालिका पनि भएको युक्रेनी गृहमन्त्री इहोर क्लाइमेन्कोले टेलिग्राममा भनेका थिए । किभका मेयर भिटाली क्लिट्स्कोले चाहिँ भारी मात्रामा ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा ३८ जना घाइते भएको बताए ।
‘रुसले वार्ताको टेबलको सट्टा ब्यालिस्टिक मिसाइल रोजेको’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा एक विज्ञप्ति जारी गर्दै जेलेन्स्कीले भनेका थिए । यसै बिचमा उनले रुसमाथि नयाँ र कडा प्रतिबन्ध लगाउने कुरा पनि उनले दोहोर्याएका छन् ।
बुधवार रुसी ड्रोन आक्रमणबाट युक्रेनको ऊर्जा पूर्वाधार क्षतिग्रस्त भएपछि यो मिसाइल आक्रमण भएको हो । यस आक्रमणमा परेर एक लाखभन्दा बढी युक्रेनी घरहरूमा बिजुली गुमेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण