विद्यार्थी र पत्रकारको भिसा अवधि सीमित पार्ने तयारीमा ट्रम्प
सारांश
- ट्रम्प प्रशासनले विदेशी विद्यार्थी र पत्रकारहरूको भिसा अवधि सीमित गर्ने योजना बनाएको छ।
- नयाँ नियम अनुसार, विदेशी विद्यार्थी चार वर्षभन्दा बढी अमेरिका बस्न पाउने छैनन्, र पत्रकारहरूको लागि भिसा पाँच वर्षको लागि जारी हुनेछ।
- गृह सुरक्षा मन्त्रालयका अनुसार, यो कदम अवैध आप्रवासन र भिसा दुरुपयोग नियन्त्रण गर्न चालिएको हो।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भिसा नियमहरूलाई निरन्तर कडाइ गरिरहेको छ । अब ट्रम्प प्रशासनले अमेरिकामा विदेशी विद्यार्थी र पत्रकारहरूको भिसा अवधि सीमित गर्ने योजना बनाइरहेको समाचार आएको छ । अवैध आप्रवासन र भिसा दुरुपयोगलाई नियन्त्रण गर्नु यो कदम चाल्न लागिएको हो । गृह सुरक्षा मन्त्रालयले यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ ।
प्रस्तावित नियमहरूलाई अन्तिम रूप दिँदा अमेरिकामा धेरै भिसा धारकहरूको बसाइ अवधि सीमित हुने र यो नियम लागू हुने भिसा धारकमा विदेशी विद्यार्थीहरू पनि पर्ने मन्त्रालयले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ । ट्रम्पद्वारा प्रस्तावित नियम अन्तर्गत, सङ्घीय सरकारले विदेशी विद्यार्थी, विनिमय कार्यक्रम अन्तर्गत आउने आप्रवासी र विदेशी पत्रकारको लागि अधिकृत प्रवेश दिइनेछ । तर यिनीहरूले आफ्नो बसाई अवधि लम्ब्याउन निवेदन दिनु पर्नेछ ।
विदेशी विद्यार्थी चार वर्षभन्दा बढी अमेरिका बस्न पाउने छैनन् । विदेशी मिडिया कर्मचारीको लागि, यो नियमले प्रारम्भिक अवधि २४० दिन तोक्नेछ । यो भिसा जम्माजम्मी पाँच वर्षको लागि जारी हुनेछ । अघिल्ला प्रशासनहरूले लामो समयदेखि विदेशी विद्यार्थी र अन्य भिसा धारकहरूलाई लगभग अनिश्चित कालसम्म अमेरिकामा बस्न अनुमति दिएको जसले सुरक्षा जोखिम सिर्जना गर्ने मन्त्रालयका प्रवक्ताले बताए । यसले अमेरिकी करदाताहरूको पैसाको ठुलो बर्बादी भइरहेको अनि अमेरिकी नागरिकहरूलाई हानि पुगिरहेको प्रवक्ताले बताए ।
यस्तो अवस्थामा, नयाँ प्रस्तावित नियमहरूले अमेरिकामा केही भिसा धारकहरूको बसाइ अवधि सीमित गरेर यो दुरुपयोगलाई सदाको लागि अन्त्य गर्नेमा उनले जोड दिएका थिए । अमेरिकामा २०२४मा एफ भिसामा १६ लाख विदेशी विद्यार्थी रहेको त्यहाँको सरकारको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०२४ मा अमेरिकाले ३ लाख ३० हजार ‘एक्सचेन्ज भिजिटर’ र १३ हजार सञ्चार कर्मचारीलाई भिसा दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण