धानमा आत्मनिर्भरता सरकारको प्राथमिकतामा: कृषिमन्त्री अधिकारी
सारांश
- कृषि मन्त्री रामनाथ अधिकारीले धान उत्पादन बढाएर खाद्य सुरक्षा र आत्मनिर्भरता कायम गर्ने बताए।
- मन्त्रीका अनुसार, जनसङ्ख्या वृद्धिसँगै चामलको माग बढेकाले आयात बढिरहेको छ, जसले गर्दा उत्पादकत्व बढाउन आवश्यक छ।
- मन्त्रीले जलवायु अनुकूलनका धानका जात विकासमा इरीको योगदानको प्रशंसा गरे र थप सहयोगको अपेक्षा राखे।
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धानको उत्पादन बढाई खाद्य सुरक्षा कायम गर्ने र आत्मनिर्भर बन्ने सरकारको प्राथमिकताको विषय रहेको बताएका छन् ।
धानसम्बन्धी अध्ययन अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय संस्था (इरी) को एसिया निर्देशक डा जोङ्ग सूसँग बिहीबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल विगतमा धान, चामलमा आत्मनिर्भर रहे पनि जनसङ्ख्या वृद्धि र भात खाने बानीका कारण चामलको माग एवं खपत बढ्दै गइरहेको बताए । यसैले आन्तरिक उत्पादनले माग नधानेपछि पछिल्ला वर्षहरूमा धान चामल आयातमा ठुलो धनराशि खर्च हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उत्पादकत्व बढाउने र बढ्दो लागत घटाउनेतर्फ मन्त्रालयले काम गरिरहेको उनले बताए ।
सरकारले मल, बीउ, प्रविधि, यान्त्रिकीकरण, भण्डारण सुविधा, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन, धान चामल उद्योगसँग सहकार्य गर्नेलगायत सक्दो प्रयास गरिरहेको पनि मन्त्री अधिकारीले उल्लेख गरे । पछिल्लो समय जलवायु परिवर्तनका कारण धान उत्पादनमा प्रत्यक्ष असर पर्न थालेका कारण बढी उत्पादन दिने जलवायु अनुकूलनका धानका जातहरूको विकासमा इरीले महत्त्वपूर्ण योगदान गरेकोमा इरीको प्रशंसा गरे ।
“हामीलाई इरीको थप साथ र सहयोग आवश्यक छ, यसका लागि हामीले विगतदेखि नै विभिन्न प्रयास र पहल गर्दै आएका पनि छौँ, कुनै आयोजना नहुँदा पनि सरकारको तर्फबाट धान अनुसन्धान र विकासमा सहयोग गर्न इरीको विशेषज्ञता र क्षमतालाई उपयोग गर्नेगरी कोष व्यवस्थापन गर्ने दिशामा हामी लागेका छौँ”, मन्त्री अधिकारीको भनाइ थियो ।
भेटका क्रममा इरीका एसिया निर्देशक जोङ्ग सूले इरीलाई नेपाल सरकारबाट प्राप्त भएको सहकार्यका लागि आभार व्यक्त गर्दै आगामी दिनमा इरीसँगको सहकार्यमा थप वृद्धि हुने अपेक्षा व्यक्त गरे । भेटमा इरीका नेपाल प्रतिनिधि डा हुमनाथ भण्डारीसहित मन्त्रालयका अधिकारीहरू पनि सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण