यौनकर्मीलाई अपमान गरेको भन्दै रणबीर कपुर र अनुष्का शर्माविरुद्ध मुद्दा दर्ता
संजय दत्तको बायोपिक ‘संजु’ मा एक डायलगका कारण रणबीर कपुर र अनुष्का शर्माविरुद्ध महिला आयोगमा आरोपपत्र दर्ता गरिएको छ । उजुरीकर्ताका अनुसार फिल्ममा रणबीर–अनुष्काले एक दृश्यमा यौनकर्मीका लागि अपमानजनक शब्दको प्रयोग गरेका छन् ।
राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्म जून २९ मा रिलिज हुँदैछ । यसमा रणबीरले संजय दत्तको भूमिका निभाएका छन् ।
संजुको ट्रेलरको एक सीनमा अनुष्काले रणबीरलाई सोध्छिन्, ‘तिमीले आफ्नी श्रीमतीबाहेक अरु कतिजनासँग सुतेका छौ ? यसमा रणबीर भन्छन् प्रोस्टिच्युट (यौनकर्मी) लाई नगन्ने हो भने तीन सय आठसम्म याद छ । सुरक्षाका लागि तीन सय पचास लेख ।’ यसका साथै उजुरीमा विक्की कौशलको अर्को डाइलगमाथि पनि आपत्ति जनाइएको छ ।
फिल्ममा लेखिकाको भूमिकामा अनुष्काः
संजुमा रणबीर संजय दत्तको भूमिकामा छन् । परेश रावल सुनिल दत्त र मनिषा कोइराला आमा नरगिसको भूमिकामा छन् । फिल्ममा अनुष्का शर्माले संजयको अटोबायोग्राफी लेख्ने लेखिकाको भूमिका निभाएकी छिन् । यस्तै, सोनम कपुर संजयकी प्रेमिकाको भूमिकामा देखिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण