ला लिगा
गेटाफेविरुद्ध भ्यालेन्सियाको शानदार जित
शनिबार, १४ भदौ २०८२, ०४ : २९
सारांश
- स्पेनिस ला लिगामा भ्यालेन्सियाले गेटाफेलाई ३-० ले पराजित गर्यो।
- भ्यालेन्सियाका लागि मौक्टर डियाखाबी, अर्नाउट डान्जुमा र ह्युगो डुरोले गोल गरे।
- यो जितसँगै भ्यालेन्सियाले लिगमा महत्त्वपूर्ण तीन अंक जोड्यो र सिजनको पहिलो जित हासिल गर्यो।
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा भ्यालेन्सियाले गेटाफेविरुद्ध शानदार जित हात पारेको छ । नेपाली समयअनुसार शुक्रबार बिहान सम्पन्न खेलमा गेटाफेलाई ३–० ले पराजित गर्दै जित हात पारेको हो ।
भ्यालेन्सियाका लागि मौक्टर डियाखाबीले खेलको ३०औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा अर्नाउट डान्जुमाले ५४औँ मिनेटमा गोल थपे भने अतिरिक्त समयमा ह्युगो डुरोले तेस्रो गोल गर्दै जित पक्का गरे।
जितसँगै भ्यालेन्सियाले लिगमा महत्वपूर्ण तीन अंक जोडेको छ । यस भ्यालेन्सियाको यो पहिलो जित हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण