बीमा प्राधिकरणको अध्यक्षमा आवेदन खुल्यो, सात दिनमात्रै समय
शनिबार, १४ भदौ २०८२, ०८ : ०७
सारांश
- नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन आह्वान गरिएको छ।
- अध्यक्षका लागि स्नातकोत्तर उत्तीर्ण र ५ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन्।
- आवेदन दिने उम्मेदवार ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षका लागि आवेदन आह्वान भएको छ । प्राधिकरणको अध्यक्ष छनोट गर्न गठित सिफारिस समितिले शनिबार यस्तो आवेदन आह्वान गरेको हो ।
बीमा ऐन २०७९ को दफा ८ (१) बमोजिम तोकिएको विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा ५ वर्ष उच्च व्यवस्थापकीय अनुभव भएको व्यक्तिले अध्यक्षको लागि ७ दिनभित्र आवेदन दिन सक्नेछन् । यसअघिको आह्वानमा १५ दिनको व्यवस्था रहेकोमा यसपटक घटाइएको छ ।
आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना उपाध्यक्ष शिवराज अधिकारीसहित सदस्यको नेतृत्वमा अर्थ मन्त्रालयका सचिव र विज्ञको रुपमा डा. खोमराज खरेल रहेको सिफारिस समिति गठन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण