पहिरोले देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध
शनिबार, १४ भदौ २०८२, २१ : ३६
सारांश
- वर्षाका कारण बैतडीको देहिमाडौँ–गिरेगडा सडकखण्डमा पहिरो खसेको छ।
- सडक अवरुद्ध हुँदा गौराका लागि घर फर्किरहेका यात्रुहरू बीच बाटोमै रोकिएका छन्।
- सडक डिभिजन कार्यालय पाटनको जेसिबी प्रयोग गरी पहिरो पन्छाउने प्रयास भइरहेको छ।
बैतडी । वर्षासँगै खसेको पहिरोका कारण बैतडीको देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध भएको छ । सडकखण्डको दशरथचन्द नगरपालिका–२ सुन्दरखाली नजिक सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
हाल सवारीसाधन आवागमन पूर्ण रूपमा रोकिएको छ । आवागमन बन्द हुँदा गौराका लागि घर फर्किरहेका यात्रुहरू बीच बाटोमै समस्यामा परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले पहिरो पन्छाउन सडक डिभिजन कार्यालय पाटनको जेसिबी पठाइएर सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण