ला लिगा
ला लिगा: मालोर्कालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा
आइतबार, १५ भदौ २०८२, ०४ : ०३
सारांश
- रियल मड्रिडले शनिबार राति आरसीडी मालोर्कालाई २-१ ले पराजित गर्यो र अंक तालिकाको शीर्ष स्थानमा उक्लियो।
- मालोर्काले सुरुमा अग्रता लिए पनि, रियल मड्रिडका अर्डा गुलर र भिनिसियस जुनियरले गोल गरे।
- जितसँगै रियल मड्रिड तीन खेलबाट ९ अंकसहित शीर्ष स्थानमा पुग्यो, जबकि मालोर्का १८औँ स्थानमा सीमित छ।
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले आरसीडी मालोर्कालाई २–१ ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
सान्तियागो बेर्नाबेउमा भएको खेलमा मलोर्काले पहिलो हाफमै मुरिकीको गोलमार्फत अग्रता लिएको थियो। तर, ३७ औं मिनेटमा मड्रिडका लागि अर्डा गुलरले बारबरीले बराबरी गोल गरे। त्यसको एक मिनेटमै भिनिसियस जुनियरले अर्को गोल थपेपछि रियलले २–१ को जित सुरक्षित गर्यो।
यो जितसँगै जाबी अलोन्सोको नेतृत्वमा रहेको रियल मड्रिड तीन खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ। उसले भिल्लारियल, बार्सिलोना र एथ्लेटिक क्लबभन्दा एक खेल बढी खेलेको छ। मालोर्का भने तीन खेलमा जम्मा एक अंकसहित १८औँ स्थानमै सीमित छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण