शाहरुखको घरभित्रका तस्बिरहरु, जुन ‘स्वर्ग’ भन्दा कम छैनन्
दिल्लीको इंगलिश मिडियम स्कूलमा पढेका, आमाबुवाले चाँडै नै छोडेका र आफ्नो प्रेमलाई निकै सानो उमेरमा भगाएर आफ्नो सपनासँग जोडेका यी व्यक्ति । रंगमञ्चको दुनियाँबाट अगाडि बढेर ठूलो पर्दामा आउन चाहन्थे । टिकट नलिई मुम्बई आइपुगे र जुहुबीचमा उभिएर आफ्नै एउटा घर भएको सपना देखे । अब ती व्यक्ति बलिउडको किंगको नामले चर्चित छन् ।
केही वर्षभित्रै उनले आफ्नो सपनाको महल तयार गरे र नाम राखे, मन्नत । बान्द्राको सबै घरभन्दा यो निकै निकै फरक छ । धेरैले यो घरलाई स्वर्गभन्दा कम छैन भन्ने गरेका छन् । तपाईंले शाहरुखको घरका थुप्रै तस्बिर देख्नुभएको छ होला तर बाहिरबाट मात्र । आज हामी तपाईंलाई शाहरुखको घरको भित्री तस्बिर देखाउँदैछौं । यो ती तस्बिर हुन् जो सोसल मिडियामा निकै भाइरल भइरहेका छन् । तपाईं पनि हेर्नुहोस्, बलिउडका किंग खानको घर कुनै महलभन्दा कम छैन ।
एरियल भ्यूः
शाहरुखको घरको कौसी निकै हराभरा छ ।
ध्यानपूर्वक हेर्नुहोस्, यो वास्तविक होइनः
वास्तवमा यो तस्बिर वास्तविक नभई फोटोशपको उपज हो तरपनि यसलाई देखेर तपाईं अन्दाज लगाउन सक्नुहुन्छ कि शाहरुखको घरको अगाडिको हिस्सा कस्तो देखिन्छ ।
यो वास्तविक हो
यो फोटो शाहरुख खानको घरभित्रको हो । कोठाका भित्ता निकै कलात्मक ढङ्गले सजाइएको देख्न सक्नुहुन्छ ।
सोच्नुहोस्, यो सुन्दर आर्टवर्कलाई तयार गर्न कति समय लाग्यो होला । यसका साथै निकै सुन्दर लाइट्सको प्रयोग गरिएको छ ।
लिभिङ रुमः
लिभिङ रुम पुरानो महल जसरी सजाइएको छ । यी तस्बिरलाई गौरी खान आफैले छानेकी हुन् ।
अर्को एंगलबाट हेर्नुहोस्ः
यसमा तपाईंले लगभग हरेक किमिसमका फर्निचर देख्न सक्नुहुन्छ । फोटो हेर्दा यस्तो लाग्छ कि घरले एकसे एक होटललाई बिर्साइदिन्छ ।
शानदार मिक्स एण्ड म्याचः
यो स्टडी रुम जस्तो देखिने कोठामा सानोभन्दा सानो कुरालाई ध्यानमा राखिएको छ । यसमा मिक्स एण्ड म्याच गरिएको छ । यसको पेन्टिङ र माथि राखिएका मैनबत्तीले तपाईंको ध्यान पक्कै खिच्यो होला ।
जूत्ता हेर्न लायकः
हामी घरमा जुत्ता चप्पल लुकाएर राख्छौं । जुत्तालाई सजावटका लागि प्रयोग गर्नेबारे सायद तपाईंले सोच्नुभएको छैन होला । शाहरुख खानको कोठाको टेबलमाथि राखिएको जुत्ता वास्तविक नभई कुनै उत्कृष्ट इन्टेरियर डिजाइनरको काम हो ।
गौरीको वार्डरोबः
यो हो गौरी खानको वार्डरोब । युवतीले सधैं यस्तै वार्डरोबको सपना देख्छन् । अब जो कोही गौरी खान त हुन सक्दैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण