अल नसारसँग खेल्दै एपीएफ क्लब
आइतबार, १५ भदौ २०८२, १० : ०३
सारांश
- एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगको अन्तिम खेलमा साउदीको अल-नसारसँग प्रतिस्पर्धा गर्दैछ।
- एपीएफ लगातार दुई खेलमा पराजित भएपछि आजको खेल जित्ने योजनामा छ।
- खेल उज्बेकिस्तानको मार्काजिय स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ मा सुरु हुनेछ।
काठमाडौँ । नेपालको विभागीय टोली एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगको आफ्नो अन्तिम खेलमा आइतबार साउदीको क्लब अल–नसारसँग प्रतिस्पर्धा गर्दै छ ।
प्रारम्भिक चरणबाटै बाहिरिएको विभागीय टोली एपीएफले बलियो टोली अल नसारको सामना गर्न लागेको हो ।
एपीएफ र अल नसारबिचको खेल उज्वेकिस्तानको मार्काजिय स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः१५ मा सुरु हुनेछ ।
लगातार दुई खेलमा पराजित भएको एपीएफ आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ ।
एपीएफ पहिलो खेलमा घरेलु टोली नसाफ एफसीसँग ३–० ले पराजित भएको थियो । दोस्रो खेलमा थाइल्यान्डको क्लब कलेज अफ एसियन स्कलरसँग ५–० ले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण