माधवलाई काउन्टर दिन झलनाथ–घनश्याम भुसाल समूह छलफलमा
सारांश
- नेकपा (एकीकृत समाजवादी) का झलनाथ खनाल र घनश्याम भुसाल पक्षका नेताहरू छलफलमा जुटेका छन्।
- छलफलमा आगामी केन्द्रीय कमिटी बैठकमा उठाउने विषय र नेता नेपालको राजीनामाको विषयमा छलफल भएको छ।
- भुसाल जापानमा र खनाल निवासमै रहेको बताइएको छ, तर उनीहरू छलफलमा सहभागी छैनन्।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को झलनाथ खनाल र घनश्याम भुसाल पक्षीय नेताहरू छलफलमा जुटेका छन् । नयाँ बानेश्वर आसपासमा दुवै नेता निकटका नेताहरू छलफलमा जुटेको एक नेताले जानकारी दिए ।
उनका अनुसार पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटी लगायतका बैठकमा उठाउने विषयका बारेमा छलफल गर्न उपलब्ध नेताहरू छलफल जुटेका हुन् ।
छलफलमा नेताहरू घनेन्द्र बस्नेत, विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुली, रामकुमारी झाँक्री, लक्ष्मण लम्साल र नरेशकुमार शाही, सुशील भट्टराई, मनाकुमारी साउद लगायत सहभागी छन् ।
छलफलमा खनाल र भुसाल भने सहभागी छैनन् । भुसाल जापानमा छन् भने खनाल निवासमै रहेको उनको सचिवालयले जनाएको छ । सो पार्टीका अध्यक्ष माधव नेपाल पतञ्जलि जग्गा प्रकरणमा मुद्दा चलेपछि राजीनामा दिनुपर्ने आवाज बढ्दै गएको छ ।
तर नेपाल राजीनामा नगर्ने अडानमा छन् । एक नेताका अनुसार आगामी भदौ अन्तिम साता बस्ने केन्द्रीय कमिटी बैठकमा खनाल भुसाल समूहले नेता नेपालको राजीनामा माग्ने तयारी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण