अफगानिस्तान भूकम्प : राहत र उद्धार कार्यमा कठिनाइ
सारांश
- अफगानिस्तानको पूर्वी क्षेत्रमा भूकम्प जाँदा सयौँको मृत्यु भएको आशंका गरिएको छ।
- भूकम्पबाट नान्गारहार र कुनार प्रान्त सबैभन्दा बढी प्रभावित भएका छन्, जसमा २० जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ ।
- बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भइरहेको छ र हेलिकप्टरको माग गरिएको छ।
बगदाद । अफगानिस्तानको पूर्वी क्षेत्रमा भूकम्पमा परेर सयौँको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ । बीबीसीको पश्तो सेवाका अनुसार तालिबान सरकारले यस भूकम्पमा सयौँ मानिसहरूको मृत्यु भएको हुनसक्ने आशङ्का व्यक्त गरेको छ ।
सरकारले अहिलेसम्म भने २० जनाभन्दा बढीको मृत्युको पुष्टि गरेको छ । भूकम्पबाट नान्गारहार र कुनार प्रान्त सबैभन्दा बढी प्रभावित भएका छन् । अधिकारीहरूका अनुसार ११५ भन्दा बढी घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।
भूकम्पबाट धेरैजसो क्षति कुनार प्रान्तमा भएको रिपोर्ट गरिएको छ, जसको लगभग ९० प्रतिशत जमिन पहाडी क्षेत्र रहेको छ । भूकम्प प्रभावित क्षेत्रहरूमा जाने सडकहरू धेरै साँघुरा छन् । तीमध्ये धेरै पहिरोका कारण बन्द भएका छन् । केही क्षेत्रहरूमा मोबाइल नेटवर्कले काम गरिरहेको छैन ।
भूकम्पको धक्काका कारण आएको बाढी र पहिरोका कारण यस क्षेत्रका सडकहरू बन्द भएको कुनार प्रान्तका प्रहरी प्रमुखले बीबीसीलाई बताए । आफूहरूसँग सीमित स्रोतहरू भएकोले प्रभावित क्षेत्रहरूमा पुग्न हेलिकप्टर उपलब्ध गराउन र अन्तर्राष्ट्रिय संस्थाहरूबाट मद्दतको लागि अनुरोध गरिरहेका तालिवान अधिकारीहरूले भने ।
२०२२ को भूकम्पमा पनि यस्तै कठिनाइहरू देखिएका थिए । त्यतिबेला भूकम्पमा परेर लगभग १,००० मानिसहरूको मृत्यु भएको थियो । त्यस समयमा पनि पहिरोका कारण दुर्गम गाउँहरूमा राहत र उद्धार कार्यमा बाधा पुगेको थियो । त्यस समयमा पनि राहत र उद्धार कार्य आकाशबाट गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण