भूकम्प
सिन्धुपाल्चोकमा मध्यरात भूकम्पको धक्का, एकै दिन तीन कम्पन्न
बुधबार, १८ भदौ २०८२, ०० : १९
१
सारांश
- सिन्धुपाल्चोकमा ४.० म्याग्निच्युडको भूकम्प गएको छ, जुन मंगलबार राति ११:२३ मा गएको थियो।
- यसअघि गोरखा र दोलखामा पनि ४.० र ४.१ म्याग्निच्युडका भूकम्प गएका थिए।
- लगातार भूकम्प गए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
काठमाडौँ । मंगलबार राति ११ बजेर २३ मिनेटमा सिन्धुपाल्चोक जिल्लाको तल्लामाराङ आसपास केन्द्रबिन्दु भएर स्थानीय ४.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो दिनमा तेस्रो पटक नेपालमा भूकम्प गएको हो।
यसअघि बिहान ६ बजेर १५ मिनेटमा गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस्तै दिउँसो ३ बजेर १३ मिनेटमा दोलखाको लापिलाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।
लगातार तीन पटक भूकम्पका धक्का महसुस भए पनि अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण