ईपीएस प्रणालीबाहेकको रोजगारी गतिविधिबाट जोगिन दूतावासको आग्रह
सोल । दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि २०८० को तेस्रो संशोधनलाई कार्यान्वयन गर्न सम्बन्धित प्रक्रिया अघि बढाइएको नेपाली राजदूतावास, सोलले जनाएको छ।
दूतावासले एक सूचना जारी गर्दै सो कार्यविधिको दफा ४ मा उल्लेख भएबमोजिम विशेष योग्यता पुरा गरेका ईजाजतपत्र प्राप्त संस्थाहरुले ई७ भिषा प्रणाली अन्तर्गत (मौसमी कामदारबाहेक कार्यविधिको अनुसूची) १ मा उल्लिखित पेशाहरुमा नेपाली श्रमिक कोरिया ल्याउन पाउने जनाएको छ ।
कार्यविधिको परिच्छेद २ मा उल्लेख गरिएको "विशेष योग्यता" पूरा भएका ईजाजत प्राप्त संस्थाहरुले कार्यविधिकै परिच्छेद २ को दफा ५'क' मा उल्लिखित कागजातहरु संलग्न गरी माग पत्र राजदूतावासमा पेश गर्नु पर्ने छ । कागजातहरु पूरा नगरि माग ल्याएको खण्डमा माग पत्र प्रमाणीकरण नहुने दूतावासले जनाएकाे छ ।
रीतपूर्वक आएको माग पत्र प्रमाणीकरणको निवेदनको आधिकारिकता राजदूतावासको सम्बन्धित अधिकारीले यकिन गरी सिफारिस सहित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत विभागमा पठाई सोको जानकारी रोजगारदातालाई गराउन पर्ने व्यवस्था कार्यविधिमा रहेको समेत दूतावासले स्पष्ट पारेको छ ।
रोजगारी सम्बन्धी सबै गतिविधि ईपीएस प्रणाली मार्फत मात्र हुने भएकाले अन्य कुनै व्यक्तिबाट आर्थिक कारोबार तथा गतिविधि नगर्न समेत दूतावासले नेपाली कामदारलाई आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण