फोहोर व्यवस्थापनमा सहयोग गर्न प्रदेश सरकार तयार छ
सारांश
- जनकपुरधाममा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ, जसले सहरको सौन्दर्य बिगारेको छ र स्वास्थ्यमा जोखिम निम्त्याएको छ।
- मधेस प्रदेश सरकारले जनकपुरधामलाई फोहोरमुक्त बनाउने नीति लिएको छ, र स्थानीय तहलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ।
- डम्पिङ साइट निर्माण र फोहोर व्यवस्थापनका लागि प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवालाहरू मिलेर काम गर्नुपर्ने कुरामा जोड दिइएको छ।
जनकपुरधाम मधेस प्रदेशको राजधानीमात्र नभएर धार्मिक–ऐतिहासिक महत्त्व बोकेको एउटा सहर पनि हो । यहाँका मठ–मन्दिर, खासगरी राम र जानकी मन्दिर दर्शन गर्न नेपालका विभिन्न स्थानबाट दैनिक कैयौँ मान्छे आउँछन् । भारतबाट पनि तीर्थयात्री आउने गर्दछन् ।
प्रदेश राजधानी भइसकेपछि यहाँ मधेस प्रदेशको प्रशासनिक केन्द्र पनि छ । त्यसैले स्वाभाविक रूपमा प्रदेशका ८ जिल्लाको केन्द्रबिन्दु जनकपुरधाम बनेको छ ।
पछिल्ला वर्ष जनकपुरधामको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको देखिन्छ । नगर क्षेत्रमा थुप्रिएको फोहोरले सहरको सौन्दर्यलाई बिगारेको मात्र होइन, प्रदूषण बढाएर स्थानीयवासीको स्वास्थ्यमा जोखिम निम्त्याउने र यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकमा यो सहरलाई हेर्ने दृष्टिकोण नै नकारात्मक बनाउने गर्दछ ।
संघीयताको अभ्यास अन्तर्गत देशमा तीन तहका सरकार छन् । संविधानतः तीनै तहका सरकारका आ–आफ्नै जिम्मेवारी, काम, कर्तव्य र अधिकार छन् । आधारभूत स्वास्थ्य तथा सरसफाइको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ ।
फोहोर व्यवस्थापनका लागि जनकपुर उपमहानगरले काम नै नगरेको पनि होइन । यस अघिका मेयरदेखि बहालवाला मेयरसम्मले डम्पिङ साइट निर्माणका लागि आफ्नो क्षमताले भ्याएसम्म पहल गरेकै हो ।
यसो भन्दैमा जनकपुरधामको सरसफाइको जिम्मेवारी जनकपुरधाम उपमहानगरपालिकाको हो भनेर प्रदेश वा संघ सरकार उदासीन बसेर बसिरहन पनि मिल्दैन । आवश्यक परेको ठाउँमा स्थानीय तहलाई प्रदेश र संघले सहयोग गर्नुपर्छ । मधेस प्रदेश सरकार आवश्यकता अनुसार फोहोर व्यवस्थापनमा जनकपुर उपमहानगरपालिकालाई सहयोग गर्न तयार छ ।
फोहोर व्यवस्थापनका लागि जनकपुर उपमहानगरले काम नै नगरेको पनि होइन । यस अघिका मेयरदेखि बहालवाला मेयरसम्मले डम्पिङ साइट निर्माणका लागि आफ्नो क्षमताले भ्याएसम्म पहल गरेकै हो । यद्यपि फोहोरलाई स्थायी रूपमा विसर्जन गर्ने स्थलको अभावमा दिगो समाधान हुन सकेको छैन ।
यही चुनौतीका बिच मधेस प्रदेश सरकारको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले जनकपुरधामलाई फोहरमुक्त सहर बनाउने नीति अघि सारेको छ । यस अतिरिक्त स्थानीय तहकै योजनामा फोहोर व्यवस्थापन, सहरको सरसफाइका लागि उपमहानगरपालिकाले प्रदेश सरकारको सहयोग आवश्यक ठानेमा हामी आफ्नो स्रोत–साधनले भ्याएसम्म सहयोग उपलब्ध गराउन तयार छौँ ।
वास्तवमा फोहोर व्यवस्थापनको समस्या आफैँमा चुनौतीपूर्ण छ । यो सहरका स्थायी बासिन्दामात्र नभएर बाहिरबाट आउने पर्यटक, व्यवसायी लगायतबाट पनि फोहोर सिर्जना हुन्छ । सहरका मुख्य ठाउँमा फोहोर राख्ने भाँडो राखिदिनेमात्र होइन, मानिसलाई जथाभावी फोहोर फाल्न हुँदैन भन्ने जनचेतना जागृत गराई त्यही भाँडोमा फोहोर विसर्जन गर्न प्रेरित गर्न सकेमा एक हदसम्म फोहोरको समस्याको अल्पकालीन समाधान हुन्छ ।
टोलमा निश्चित समयमा सफाइकर्मी गएर फोहोर उठाउने, त्यसलाई डम्पिङ साइटमा लगेर विसर्जन गर्ने, मुख्य चोक तथा सडक आसपास फोहोर फाल्न नदिने विषयलाई जनचेतनामार्फत अघि बढाउन सकिन्छ । स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले यस्ता भूमिकाको अग्रपङ्क्तिमा रहेर उसले नै पहल गर्नुपर्छ । स्थानीय तहले सहयोग चाहेमा आफ्नो स्रोत–साधन अनुसार सहयोगका लागि प्रदेश सरकार तयार छ ।
कुहिने खालको फोहरलाई अधिकतम एक घण्टाभित्रै व्यवस्थित गर्न जरुरी हुन्छ । किनभने लामो समयसम्म फोहोर राख्दा दुर्गन्ध फैलिन्छ र वातावरण प्रदूषित हुन्छ ।
जनकपुरधाममा मुख्य समस्या डम्पिङ साइटको छ । जनकपुरधामको फोहोर सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले स्थायी डम्पिङ साइट निर्माण गर्ने विषयमा तीनै तहका सरकार गम्भीर भएर काम गरिरहेका छन् । मलाई विश्वास छ, यसले चाँडै नै एउटा नतिजा ल्याउँछ ।
डम्पिङ साइट भनेको फोहोर विसर्जन गर्ने ठाउँमात्र नभएर आम्दानी गर्ने ठाउँ पनि बन्न सक्छ । यहाँ प्रत्यक्ष–अप्रत्यक्ष रूपमा धेरैले रोजगारी पाउने अवस्था बन्छ । म सबै सरोकारवालालाई अनुरोध गर्न चाहन्छु कि डम्पिङ साइट स्थापना गर्ने वातावरण सिर्जना गरौँ । यसपछि त्यहाँबाट मल उत्पादन गर्न सकिन्छ, जसलाई करेसाबारीदेखि खेतबारीसम्म प्रयोग गर्न सकिने छ । यसले तरकारी तथा अन्न उत्पादनमा सहजता ल्याउनेछ र बजार व्यवस्थामा समेत सकारात्मक प्रभाव पार्नेछ । पुनः प्रयोग गर्न मिल्ने खालका वस्तुलाई छुट्ट्याएर त्यसबाट थप आम्दानी लिन सकिन्छ । सबैभन्दा मुख्य कुरा त, सहरलाई स्वच्छ र सफा राख्न डम्पिङ साइट अति आवश्यक छ ।
कुहिने खालको फोहरलाई अधिकतम एक घण्टाभित्रै व्यवस्थित गर्न जरुरी हुन्छ । किनभने लामो समयसम्म फोहोर राख्दा दुर्गन्ध फैलिन्छ र वातावरण प्रदूषित हुन्छ । यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ । यस्तो अवस्थामा आन्तरिक तथा बाह्य पर्यटकमा पनि जनकपुरधामलाई ‘फोहोर सहर’को छाप पर्न सक्छ । त्यसैले स्थानीय तह र अन्य पालिकासँग समन्वय गर्दै हामी फोहोर व्यवस्थापनमा अघि बढ्न जरुरी छ ।
जनकपुरधाममा डम्पिङ साइटका लागि उपयुक्त स्थानको करिब–करिब पहिचान भइसकेको छ । यसका लागि सबै सरोकारवाला, राजनीतिक, सामाजिक र नागरिक समाजका अगुवा मिलेर इमानदारीपूर्वक काम गर्न जरुरी हुन्छ । यसो गर्न सकेमा डम्पिङ साइट स्थापना सम्भव छ । यदि डम्पिङ साइट बनेन भने जनकपुरधामको वरिपरिको फोहोर कहाँ फ्याल्ने, कसरी राख्ने र व्यवस्थापन गर्ने भन्ने गम्भीर समस्या उत्पन्न हुन्छ । नदीनालामा फोहोर फालियो भने वातावरण प्रदूषित हुन्छ । त्यसैले डम्पिङ साइट अपरिहार्य छ ।
मधेस प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले जनकपुरधाममा दातृ संस्था तथा स्थानीय सरकारसँग समन्वय गरी सरसफाइलाई व्यवस्थित गर्ने दिशामा काम अघि बढाइसकेको छ । यसका लागि विभिन्न संघ–संस्थासँग छलफल भइरहेको छ । पसल तथा घरबाट निस्कने फोहोरलाई तत्काल व्यवस्थापन गर्ने विषयमा स्थानीय तहहरू सजग र सक्रिय हुन आवश्यक छ । यसलाई छिटो र प्रभावकारी ढंगले व्यवस्थापन गर्न मन्त्रालयले विशेष नीति तयार गर्नेछ ।
खानेपानी, सरसफाइ तथा स्वच्छता योजना अर्थात् ‘वास प्लान’ तयार गरेर कार्यान्वयनमा लैजाने प्रक्रिया सुरु भएको छ । ‘वास प्लान’ले खानेपानी, सरसफाइ तथा स्वच्छताको मौजुदा स्थिति पत्ता लगाएर सेवाबाट वञ्चित समुदाय तथा क्षेत्रका लागि आवश्यक योजना निर्माण गर्न मद्दत गर्छ ।
प्रदेश सरकारले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमार्फत स्थानीय तहसँग समन्वय गरी विभिन्न पालिकामा ‘वास प्लान’ सुरु गरेको छ । यसलाई सबै पालिकामा क्रमिक रूपमा विस्तार गर्ने योजना छ । यस योजनाअन्तर्गत विभिन्न निकाय र सरसफाइमा काम गर्ने संघ–संस्थासँग सहकार्य गरी प्रत्येक पालिकाको ‘वास प्लान’ तयार गरिनेछ र त्यस अनुसार चरणबद्ध रूपमा कार्यान्वयन गरिनेछ ।
जनकपुरधामसहित मधेस प्रदेशका आठै जिल्लाका विभिन्न स्थानीय तहलाई लक्षित गर्दै मन्त्रालयले आवश्यक बजेट पनि विनियोजन गरेको छ ।
(मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेष नारायण यादवसँग रातोपाटी संवाददाता नवीन प्रियदर्शीले गरेको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण